पोखरा विमान दुर्घटना : भोली शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १, आईतबार (३ साल अघि)
  • ४ पटक पढिएको
पोखरा विमान दुर्घटना : भोली शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

रौतहट,१ माघ I आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस