पवन कुमार उपाध्याय
रौतहट ,३ माघ। चिसोबाट प्रभावित रौतहटका ५५ गरिब तथा विपन्न परिवारलाई नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले कम्बल वितरण गरिएको छ । पछिल्लो केही दिनदेखि बढेको चिसो बाट बचाउन सोसाइटी सभापति राजकिशोर यादवको पहलमा स्थानीय सयौँ परिवारलाई कम्बल वितरण गरिएको हो ।
स्थानीय कटहरिया नगरपालिका २ हंथियाही स्थित रेडक्रस सोसाइटी उपशाखाको अधिवेशनको अवसरमा प्रमुख अतिथि तथा जिल्ला सभापति यादवले एकल महिला,दलित, अपाङ्ग विपन्न गरी ५५ परिवारलाई कम्बल वितरण गरेका थिए । उक्त अवसरमा जिल्ला सभापति राजकिशोर यादवका साथै रेडक्रस उपशाखा सभापति शिवचन्द्र लाल कर्ण, माओवादी नेता रामाकान्त चौरसिया लगायतको उपस्थिति रहेको थियो ।
अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् । यस लाई मध्य नजर गर्दै नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले समय समयमा सहयोग गरिएको बताए ।
त्यस अघि नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी बंशिराम अनाथालय गरुडालाई ४० थान कम्बल वितरण गरिएको सभापति यादवले जानकारी दिएका छन् । त्यसैगरी राजपुर नगरपालिका फतुवामा ५५ ,बौधिमाई सरमुजवामा ३२ परोहा लौकाहामा ५५ , राजदेविमा ३० र गौर नगरपालिका सबगढ टोल स्थित ७५ सहित ३४२ परिवारलाई कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले जनाएको छ।