पोखरा विमान दुर्घटनाका ४८ शवलाई काठमाडौँ ल्यायो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ३, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
पोखरा विमान दुर्घटनाका ४८ शवलाई काठमाडौँ ल्यायो

रौतहट, ३ माघ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ।

दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले जनाएको छ। क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेका सेनाको दुवै हेलिकप्टर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

शुरुमा शिक्षण अस्पताल महाराजगञ्जमै हेलिकप्टर अवतरण गर्ने तयारी गरिए पनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण गरिएको हो। विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आफन्तलाई बुझाइने प्रवक्ता निरौलाले बताए।

दुर्घटनामा बेपत्ताको खोजी आज पनि बिहानैदेखि शुरु गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी‚ सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजी गरिरहेको क्यानले छ।

ताजा अपडेट

खोजी गर्नुहोस