रौशन चौधरी ।
माघ ०४ गते ।
रौतहट
रौतहटको कटहरियाका नगर प्रमुख अजय प्रकाश जैसवालको प्रमुख आतिथ्यतामा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच वडा नं.९ डुमरियाका बिपन परिवार ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिकलाई कम्बल बितरण गरेका छन् ।
गत दुई हप्तादेखि लगातार कठयाङ्गग्रिदो चिसो कुहिरो र चलेको चिसो स्याँठले अति बिपन परिवार ,मजदुर ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिक लगायत पशुचौपायाहरुको जिवन कष्टकर बन्दै गईरहेको छ । मेयर जयसवालले आफ्नै वडा बाट सुरुवात गरेको छ । आफ्नो नगरको नागरिक प्रति उतरदायि रहेको हुँदा उनीहरुको जिवज्यानको रक्षा आफ्नो कर्तब्य रहेकोले वुधबार एक कार्यक्रम बिच जैसवालको प्रमुख आतिथ्यतामा कम्बल बितरण गर्नु भएको छन ।
नगर प्रमुख जयसवालले वार्ड नं १ देखि वडा नं ९ सम्मको जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग रहेकाहरुलाई कम्बल बितरण गर्न निर्देशन दिइएको छ ।
उहाले वुधबार डुमरियाका ६०जना जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग ,अशक्त चिसोले अति प्रभावित ब्यक्तिहरुलाई कम्बल वितरण गर्नु भएका छन ।
कम्बल बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले असाय , गरिब , असक्त , निमुखा परिवारलाई परेको आपतबिपत परेको बेला कुनै पनि समय सहयोग गर्नमा पछाडी नपर्ने प्रतिबद्धता पनि जनाउनु भयो । उहाले आफ्नो नगरको कुनै पनि ब्यक्ति चिसोको कारण अकालमै मृत्यु नहोस भनि उदेश्यले चिसो छल्नका लागी कम्बल बितरण गरेको बताउनु भयो ।
कटहरिया नगरपालिकाको नगर भरीका विकास ,शैक्षिक अबस्था ,स्तरउन्नती ,सडक लगायत स्थानियबासीको ज्यानको रक्षाका लागी बिभिन्न योजना बनाई नगरवासीको सहयोगले कार्यान्वयन गर्दै जाने बताउनु भयो ।
सो कार्यक्रममा उपस्थित निमित्त प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र राय यादव तथा कार्यपालिका सदस्य दिलिप जयसवाल लगायत नगरपालिकाको कर्मचारी र स्थानीयको सहभागिता रहेको थियो ।
रौतहटमा चिसो बढेसंगै डुमरिया बासिले कम्बल पाएपछि स्थानियबासी हर्षित हुँदै मेयर जयसवालको सराहनिय कार्य प्रति वडा न ९ का स्थानीय बासिहरुले धन्याबाद दिएका छन् । चिसो बढेसंगै अहिले रौतहटमा सर्वसाधारण मानिसदेखि अति बिपन्न ,मजदुर , गरिब , एकल महिला ,जेष्ठ नागरिकहरुले समस्या भोगीरहेका छन ।