कृष्ण तिवारी ,
माघ ४गते ।
रौतहटको माधवनरायन नगरपालिका -१ दिपहीमा रहेको श्री रामजानकी प्राथमिक विद्यालयको अवस्था प्रधानाध्यापकका लापर्वाहीले गर्दा लथालिङ्ग रहेको छ ।
दिपही स्थित रहेको सो विद्यालयको पठनपाठन, शिक्षकशिक्षिका उपस्थिती विद्यालयको प्रशासनिक निकाय, छात्रछात्राहरुको खाजा व्यवस्थामा ठूलो लापर्वाही भईरहेको छ ।बिधालयको प्र.अ जगरनाथ यादव नै शिक्षक संयोजक रहेकोले नगरपालिका बाहेक बिधालयमा समय न दिदा बिधालयको अवस्था दिन प्रती दिन बिग्रदै गएको अभिभावकले बताए ।
गाउँभन्दा बाहिर विद्यालय रहेको कारण विद्यालयका शौचालय समेत व्यवस्थित नरहेको र शौचालयका “प्यान” भाँचेको, दुर्गन्धित रहेको, कक्षा कोठामा सरसफाई नभएको र खानेपानीको ब्यवस्था समेत नरहेको बिधालयको प्र.अ यादव कहिलेकाही मात्र उपस्थिति हुन गरेको कक्षा ५ का छात्रा अनिषा (परिवर्तित नाम)ले नाम नछाप्ने शर्तमा भनिन्– “विद्यालयमा विद्यार्थीको पठनपाठन देखि लिएर हरेक क्षेत्रमा लापरबाही मात्रै भई रहेको छ । शिक्षकहरु विद्यालयमा उपस्थित भए पनि गपगापमा मात्रै समय खर्चेर हाजिरी मात्रै बनाउने गरेको र विद्यार्थीहरु समयमा विद्यालयमा आए पनि त्यतिकै फर्केर घर जाने गरेको उनले दुखेसो पोखिन् । त्यस्तै अर्को छात्र–छात्राहरुले समेत सोही अनुसारको समस्या बताएका छन् ।
त्यस्तै संघीय सरकारले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि उपलब्ध गराएको खाजामा समेत लापरबाही भएको देखिएको छ । विद्यार्थीहरुको लागि उपलब्ध हुने खाजा हप्तामा १ या २ दिन मात्रै दिने गरेको छ । त्यसमा पनि कुनै दिन विस्कुट त कुनै दिन चाउचाउ । यस सम्बन्धमा सोही विद्यालयका शिक्षक होस नारायण यादवलाई जिज्ञासा राख्दा उनले भने– “खाजाको मापदण्डको लागि बारम्बार प्रअसँग जानकारी माँग्दा उनले कुनै जानकारी दिएको छैन । आफु बिना जानकारीको नै विद्यार्थीहरुलाई आफ्नो सुविधा अनुसारको खाजाको व्यवस्था गर्दै आएको बताए । तर, शिक्षक तथा अभिभावककै सामुन्नेमा कलिला उमेरका सोही विद्यालयका बालबालिकाले आफुलाई खाजा नदिने गरेको बताए ।
माधवनरायन नगरपालिकाका शिक्षा संयोजक समेत रहेको प्रअ यादवलाई आफ्नो विद्यालयको विद्यार्थी संख्या पनि थाहा नरहेकोले यादवलाई आफ्नो विद्यालयको विद्यार्थीहरु दिवाखाजा बाट बन्चित रहेकोे यस्तो प्रअले विद्यालय तथा विद्यार्थीको भविष्य कस्तो गर्ने हो कसैलाई थाहा नभएको स्थानीय रामपृत साहले बताए ।
यस सम्बन्धमा सोही वडाका वाडा अध्यक्ष शेलेन्द्र साहले स्कुल को विकासको लागि बारम्बार प्रयास गरे पनि प्रअको एकलौटी हठ र निर्णयले आफुहरु पनि असक्षम रहेकोले अब छिटोभन्दा छिटो बिधालय ब्यवस्थापन समिति बनाएर अगाडि बढ्न बताए ।यश सम्बन्धमा प्र.अ.जगरनाथ यादव संग बुझ्दा यो सबै राजनीति रहेको र आफू तालिममा रहेकोे समयमा बारम्बार म माथी झुठो कपोकल्पित आरोप लागाउदै आइरहेको बताए ।