सागर संगम ठाकुर
रौतहट। माघ ७ गते
रौतहटको देवाही गोनाहीमा जनचेतनामूलक कार्यक्रम शनिबार संम्पन भएको छ ।
जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीको वडा कार्यलयमा दलित समुदायिक बिकास केन्द्र राजपुरको आयोजना र देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीको सहयोगमा दुई दिने प्रशिक्षण कार्यक्रम शनिबार संम्पन भएको हो ।
वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यतामा शुक्रबार र शनिबार दुई दिने भएको कार्यक्रममा मुख्य कुरा समाजिक कुसंस्कारले हाम्रो समाजमा परेको नकारात्मक प्रभाव र त्यसको न्युनिकरण सम्बन्धी प्रशिक्षण दिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष बिर बहादुर साहले अहिलेको अवस्थामा हाम्रो समाजमा भईरहेको छुवाछुत, बालविवाह र दहेज प्रथालाई कसरी न्युनिकरण गर्न सकिन्छ भने बाारे जानकारी गराएका थिए ।
साहले समाजमा भईरहेको समाजिक कुसंस्कारले समाजलाई नै नकरात्मक असर गरिरहेकाले त्यसको अन्तयको लागि युवाहरुले ठाउँ ठाउँबाट लाग्नु पर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।
समाजमा हुने गरेकोे छुवाछुत बाल विवाह तथा दाइजो प्रथा लगाएत अन्य प्रभाव बारे जनचेतना जगाउनको लागि अभिभावकहरुले सक्रिय भूमिका खेल्नु पर्ने बताए ।
वडा अध्यक्ष साहले हाम्रो समाजमा छुवाछुत र बाल विवाह समाजको लागि घातक भए पनि त्यस तर्फ समाजको ध्यान नगएको भन्दै दुःख ब्यक्त गर्दै त्यस तर्फ युवाहरु लाग्नु पर्ने आग्रह गर्नु भयो ।
वहाले छुवाछुत र बाल विवाह समाजमा आम समस्याका रूपमा देखिएको हुनाले यसलाई हामी सबै जना मिली एकजुट भई लग्यो भने यसलाई जडै देखि उखालेर फाल्न सकिने बताए ।
दुई दिने जनचेतना मुलक कार्यक्रममा वडाका करिब डेढ सय जना महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।
कार्यक्रबाट उपस्थित महिला तथा पुरुषले समाजमा हुने गरेको छुवाछुत बाल विवाह तथा दाइजो प्रथा जस्ता कुरितीहरुलाई अन्तय गर्न प्रतिवद्धता जनाएका थिए ।
जनचेतना मुलक संम्बन्धी कार्यक्रमको समापनमा वडा सदस्य खुबलाल दास तत्मा, गौरी शंकर पंडित, संजोगिया देवी तत्मा, प्रमिला देवी साह, सचिव हनुमान राय यादव,देवाही गोनाही नगरपालिकाका योजना प्रमुख मुकेश पटेल, मौलापुर एफ एमका समाचार प्रमुख सागर संगम ठाकुरको उपस्थिती रहेको थियो ।