रौतहट । माघ ७ गते ।
काठमाडौ । नेकपा एर्कीकृत समाजवादीको रौतहट काठमाण्डौ सम्पर्क द्वारा राजनैतिक विषयमा प्रशिक्षण तथा मञ्चका ७ जना पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा सम्पर्कमञ्चका संस्थापक अध्यक्ष प्रज्ज्वल चापागाई , गिरीधर मिश्र ,नवराज तिमल्सिना, शंकर विश्वकर्मा ,गोपाल श्रेष्ठ ,चिनकुमारी सिवाकोटी र मिनप्रसाद गौतम रहनु भएको छ । उहाँहरूलाई शनिवार रौतहट काठमाण्डौ सम्पर्क मञ्चले काठमाणण्डौ स्थिति एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रमका विच सम्मान गरिएको हो ।
सम्मानितहरुलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र सहित सम्मान गर्नु भएको रौतहट काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष सचित कुईकेलले बताउनु भयो ।
कार्यक्रममा पार्टीका अध्यक्ष नेपाल र पार्टीका सचिवालय सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका अतिथिहरु स्यायी कमिटी सदस्य एवं पूर्व मन्त्री पुर्व राजदुत क. डा. बंशीधर मिश्र, स्थायि कमिटी सदस्य क कल्याणि खड्का, पार्टी पोलिट्ब्युरो सदस्य एवं सम्विधान सभा सदस्य क राम कुमार भटराइ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य क. शंकर बिश्वकर्मा, केन्द्रिय शहरी बिकास बिभाग सदस्य ऐबं बुद्धिजीवी परिषद उपाध्यक्ष गिरिधर मिश्र, सम्पर्क बिशेष प्रदेश कमिटीका उपाध्यक्ष एवं केन्द्रीय कानुन बिभागका सदस्य क. नवराज तिमिल्सिना, मधेश प्रदेश सम्पर्क कमिटीका अध्यक्ष क. बेदनाथ कोइराला, केन्द्रीय कानुन बिभागका सदस्य क. गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासघ केन्द्रिय सचिव गोविन्द चौलागाइ, प्रगतिशील प्राध्यापक सङठन का केन्दिय सदस्य क दिपक गुप्ता, मुक्ति सङठन का महसचिव लिल बहादुर परियार, केन्द्रीय भौतिक पुर्वाधार तथा यातायात विभाग सदस्य तथा मधेश प्रदेश सम्पर्क कमिटीका सदस्य क.पार्वती दुलाल, केन्द्रीय भौतिक पुर्वाधार बिभाग सदस्य क.प्रताप खडका,सम्पर्क बिशेष प्रदेश कमिटीका सदस्य क.राजन उप्रेती, मधेश प्रदेश समपर्क कमिटी सदस्यहरु क मिन प्रसाद गौतम, क.इन्दिरा कोइराला, क.एक्रामुल हक, नेपाल बार एसोसिएसन का पुर्ब सदस्य सतिस झा,रौतहट जिल्ला कमिटी सदस्य अनिल लाल दास, काठमाडौ जिल्ला कमिटी सदस्य क.दिपक तिमल्सिना, उपत्यका प्रदेश स्वास्थ्यकर्मी कोषाध्यक्ष क. तुफानी ठाकुर, पद्द्मकन्या बहुमुखी क्याम्पस अनेरास्ववियु अध्यक्ष क.बिपला थापा खेलाडी वसन्त लामा लगायतको आतिथ्य मा सम्पन्न भयको थियो ।
प्रमुख अतिथि नेपालले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको ओल्याउँदै इमान्दारिता निष्ठा र समर्पण भावले राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।