गढीमाई न.पामा माण्डवी द्धारा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ ८, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
गढीमाई न.पामा माण्डवी द्धारा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पवन कुमार उपाध्याय

रौतहट, ०८ माघ । गढीमाई नगरपालिकाको लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा गरूडाको आशिर्वाद गेस्ट हाउसमा आईतबारका दिन वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

माण्डवी रौतहटको आयोजना तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो । यो कार्यक्रम मधेश प्रदेशका ५ वटा जिल्लाहरु बारा,रौतहट,सर्लाही,महोतरी तथा धनुषा गरी २८ वटा पालिकाहरुमा सँचालित छ । स्थानीय विकासका कामहरुमा महिलाहरुको सहभागिता हुने, निर्वाचित महिला प्रतिनिधिहरूलाई उनीहरूको निर्वाचित भूमिका बढी प्रभावकारी बनाउन सहयोग हुने, राजनीतिक दलमा महिला उपस्थिति सहभागिताका लागि सकारात्मक वातावरण सिर्जना हुने उदेश्यले अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो ।

सो कार्यक्रममा गढीमाई नगरपालिकाका २ जना वडा अध्यक्षहरु तथा १५ जना वडा सदस्यहरु गरी १७ जनाको सहभागिता रहेको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो । अन्तरक्रिया कार्यक्रमले राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने र महिला प्रतिनिधिहरलाई सामान रुपमा सहभागिता गराउने तथा राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि प्रमुख सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला सहभागिता सम्बन्धी विद्यमान नीति , राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवीका अनुगमन अधिकृत दासले जानकारी दिनु भयो ।

सो कार्यक्रमका सँचालन प्रशिक्षक पुनम ठाकुर तथा सँजय कुमार यादवले गर्नु भएको थियो भने सुरेन्द्र राय यादवले सहजिकरण गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस