ओम प्रकाश यादव
माघ ९ गते, रौतहट ।
पछिलो समय नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले उपभोक्ताहरुको सहजताका लागि फयूज सेवा तथा आय संकलन काउण्टर ठाउँ ठाउँमा सञ्चालन गर्न थालेको छ ।
पहिलादेखी नै गौर, शिवनगर, गरुडा लगाएत जिल्लाको मुख्य मुख्य ठाउँमा मात्र आय संकलन काउण्टर सञ्चालनमा रहेको हुँदा टाढाका उपभोक्ताहरुले बिजुलीको महशुल बुझाउन निकै सास्ती खेप्दै आएको अवस्थालाई मध्य नजर गरी प्राधिकरण कार्यालय गौरले ग्रामिण क्षेत्रहरुमा समेत आय संकलन काउण्टर धमाधम खोल्न थालेको छ ।
केहीदिन यता पिप्रा, समनपुर र माधोपुरमा आफना शाखा कार्यालयको रुपमा बिजुली महशुल बुझाउने कार्यालय विस्तार गरेका प्राधिकरण कार्यालयले सोमवारदेखी जिल्लाको राजपुर नगरपालिका–३ राजपुरमा पनि पmयूज सेवा तथा आय संकलन अर्थात विद्युत महसशल काउण्टर सञ्चालनमा ल्याएको छ ।
उद्घाटन भएसंगै सोमवारदेखी नै उक्त पmयूज सेवा तथा विद्युत महशुल काउण्टर सञ्चालनमा आएको छ । राजपुर नगरपालिकामा पहिलो पटक बिजुलीको महशुल बुझाउने काउण्टर सञ्चालनमा आएपछि अब सदरमुकाम गौर स्थित विद्युत कार्यालयमा गएर महशुल बुझाउनुपर्ने बाध्याता अन्त्य भएको भन्दै सो पालिका सहित आसपासका उपभोक्ताहरु निकै हर्षित भएका छन् ।
काउण्टर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई सेवा प्रदानमा कुनै समस्या हुन नदिने गरी प्राधिकरण कार्यालय काम गरिरहेको बताएका छन् ।
सेवा प्रदानमा कुनै समस्या भए सम्बन्धित विद्युतको कार्यालयहरुमा सिधा सम्पर्क गर्न आग्रह गर्दै प्रमुख ठाकुरले उपभोक्तालाई सहज रुपमा सेवा उपलब्ध गराउन आफुहरु २४ सौं घण्टा तयार रहेको बताए ।
सेवा प्रवाहको क्रममा विद्युतको कुनै पनि कर्मचारीले अनावश्यक दुख दिए वा घुस मागे सिधा विद्युत प्राधिकरण गौरको कार्यालयमा खबर गर्न आग्रह गर्दैै ठाकुरले जनतालाई दुख दिने र घुस माग्ने कर्मचारीलाई कडा कायर्यवाही गर्ने चेतावनी दिए ।
काउण्टरको उद्घाटन गर्दै विद्युत प्राधिकरण गौर वितरण केन्द्रका प्रमुख विजय महतोले नजिकमा बिजुली बिल बुझाउने काउण्टर नहुँदा यहाँका उपभोक्ताहरुलाई ३० देखी एक सय रुपैयाँ मात्र महशुल बुझाउन पाँच सय हजार रुपैया खर्च गरी सदरमुकाम गौर धाउनुपर्ने बाध्यातालाई अन्त्य गर्न उनिहरुलाई प्याक पर्ने ठाउँ राजपुरमा उक्त महशुल काउण्टर सञ्चालन गरेको बताएका छन् ।
उपभोक्ताहरुलाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले आफुले यो काउण्टर सञ्चानलमा ल्याएको बताउँदै उनले काउण्टर सञ्चालन भएसंगै उपभोक्ताहरुलाई अब समय र पैसा दुबैको बचत हुने विश्वास व्यक्त गरे ।
राजपुर नगरपालिकाका मेयर मोहम्मद डा. राजीक आलमले नजिकमा आय संकलन कार्यालय नहुँदा उपभोक्ताहरु गौरमा घण्टौं लाइन लागेर बिजुलीको महसुल बुझाउँदै आएको अवस्थामा अब आफनै पालिकामा महशुल बुझाउने काउण्टर खुलेपछि सय रुपैंयाको महशुल बुझाउन पाँच सय खर्चेर महशुल बुझाउन अन्यत्र जानुपर्ने बाध्याता अन्त्य भएको बताए ।
जनताको सबभन्दा नजिकको सरकार स्थानीय सरकार रहेको हुँदा सार्वजनिक सेवा जनताको घरदैलोमै उपलब्ध गराउने दायित्व तथा जिम्मेवारी स्थानीय सरकारकै रहेकोले पालिका स्तरमै महशुल काउण्टर सञ्चालन गराई आफुले आम नागरिकलाई नजिकको सरकारको अनुभूति गराउन खोजेको मेयर आलमले बताए ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा पुरयाउने उद्देश्यका साथ स्थानीय सरकार ठगन भएको उदाहरण दिदै मेयर आलमले सिंहदरबारको अधिकारको अनुभूति दिलाउने प्रमुख जिम्मेवार मेयरहरुको काँधमा रहेको हुँदा नागरिकलाई पालिका स्तरमै सार्वजनिक सेवाहरु उपलब्ध गराउन आफु लागि परेको बताए ।
उद्घाटन कार्यक्रममा सो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।