इलामका युवाद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १०, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
इलामका युवाद्वारा संसद् भवनअगाडि आत्मदाहको प्रयास

रौतहट,१० माघ। संसद् भवनअगाडि एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चलिरहेका वेला नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि एक युवकले आत्मदाहका प्रयास गरेका हुन्।

आत्मदाह प्रयास गर्ने युवा इलामका प्रेमप्रसाद आचार्य भएको खुलेको छ। उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले आफूलाई पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस