राष्ट्रिय बाणिज्य बैंक गरूडा शाखाले ५८ औ वार्षिकोत्सबमा अनाथालयमा गरे खाद्यान्न सामाग्री सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १०, मंगलबार (३ साल अघि)
  • ६ पटक पढिएको
राष्ट्रिय बाणिज्य बैंक गरूडा शाखाले ५८ औ वार्षिकोत्सबमा अनाथालयमा गरे खाद्यान्न सामाग्री सहयोग

रौशन चौधरी ।

रौतहट। माघ १० गते

राष्ट्रिय बाणिज्य बैंकको ५८ औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सबको उपलक्ष्यमा केन्द्रीय कार्यालय,प्रदेश कार्यालय तथा देशभरका शाखाले मंगलबारका दिन विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएका छन्।

रौतहटको मध्य भागमा स्थित गरुडा शाखाले समेत राष्ट्रिय बाणिज्य बैंकको ५८ औ वार्षिकोत्सबको उपलक्ष्यमा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गरूडा शाखाले वंशीराम अनाथाल्यमा बालबालिकालाई खाद्यसामाग्री सहयोग गरि शुभकामना आदानप्रदान कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेका छन्।

नगर उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष हरेन्द्र प्रसाद चौधरी ज्युको प्रमुख आथित्यता एवम् गरुडा शाखाका प्रवन्धक अरबिन्द कुमार झाको सभापतीत्वमा ५८ औ वार्षिकोत्सबको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको थियो ।
उप शाखा प्रबन्धक अनिल कोईराला अनुसार गरुडा शाखामा २५००० हजार ग्राहक रहेको छ। कोईरालाले गरुडा शाखाको १ अर्व निक्षेप र १.५ अर्व लगानी रहेको तथा मधेस प्रदेशको ८ जिल्ला मध्ये गरुडा शाखा नाफाको मामिलामा दोस्रो भइ उत्कृष्ठ स्थान हासिल गरेको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस