प्रदीप दास , रौतहट ।
माघ १० गते , मंगलबार ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
माण्डवी रौतहटको आयोजना तथा IEFS नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो । यो कार्यक्रम मधेश प्रदेशका ५ वटा जिल्लाहरु बारा,रौतहट,सर्लाही,महोतरी तथा धनुषा गरी २८ वटा पालिकाहरुमा सँचालित छ ।
उक्त कार्यक्रममा स्थानीय विकासका कामहरुमा महिलाहरुको सहभागिता हुने, निर्वाचित महिला प्रतिनिधिहरूलाई उनीहरूको निर्वाचित भूमिका बढी प्रभावकारी बनाउन सहयोग हुने, राजनीतिक दलमा महिला उपस्थिति / सहभागिताका लागि सकारात्मक वातावरण सिर्जना हुने उदेश्यले अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो ।
कार्यक्रममा बौधिमाई नगरपालिकाका ७ जना वडा अध्यक्षहरु तथा १७ जना वडा सदस्यहरु गरी २४ जनाको सहभागिता रहेको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
अन्तरक्रिया कार्यक्रमले राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने र महिला प्रतिनिधिहरुलाई सामान रुपमा सहभागिता गराउने तथा राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि प्रमुख सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला सहभागिता सम्बन्धी विद्यमान नीति , राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवीका अनुगमन अधिकृत दासले जानकारी दिनु भयो ।
त्यस्तै, कार्यक्रमका सँचालन प्रशिक्षक पुनम ठाकुर तथा सँजय कुमार यादवले गर्नु भएको थियो भने सुरेन्द्र राय यादवले सहजिकरण गर्नु भएको थियो ।