रमेश कुमार यादब
माघ १०,रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको लोकप्रिय नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कावंरिया बमहरुको लागी दाउरा ब्यवस्थापन गर्नु भएका छन ।मध्यभाग तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिका वडा नं. ५ शिवनगरमा श्रीपञ्चमीको अवसरमा लाग्दै आएको मेलालाई लक्षित गरि नगर प्रमुख जैसवालले भक्तजनको लागी दाउरा व्यवस्थापन गरेका छन ।
श्रीपञ्चमी मेलालाई लक्षित गरि गरुडा नगरपालिकाका नगरप्रमुख जैसवालले कावरिंया बमहरुको लागि दाउराको व्यवस्थापन गरेका नगर प्रमुख जैसवालले जनाएको छ ।मंगलबार बिहानै गरुडा नगरपालिकाको नगरप्रमुख जैसवालले नगरपालिकाको वडा नंं.५ मा पर्ने पावन एवं धार्मिक नगरी शिवनगरमा दाउरा व्यवस्थापन गरेका छन ।श्री पञ्चमी मेलामा लक्षित गरि विभिन्न ठाउँबाट आएका कावरिया बमहरुलाई धुनी बाल्नको लागि मेयर जैसवाल स्वयंम आफैं घुमेर प्रत्येक कावरिंया बमहरुलाई आवश्यकता अनुसार दाउरा वितरण गर्नु भएको हो ।चिसो छल्न शिवनगरको प्रहरी चौकी लगायत मुख्य–मुख्य ठाउँहरुमा दाउरा व्यवस्थापन गरेको मेयर जैसवालले बताए ।
दाउरा उपलब्ध गराएको नगरप्रमुख जैसवाललाई कावंरीया बमहरुले धन्यवाद ज्ञापन समेत गरेको थिए ।त्यति मात्र नभएर कठयाङ्गग्रिदो चिसो तथा चलेको चिसो स्याठ मौसममा नगर प्रमुख जैसवालले आफ्नोको मानिसको जिउज्यानको रक्षा हेतु मठ मन्दिर ,चौकचौतारा ,सार्वजनिक ठाउँ,अस्पताल लगायतका ठाउँमा ट्रयाक्टरले चिसो छल्न दाउरा समेत बितरण गर्नु भएका थिए ।उहाँको अति सराहनिय कार्यप्रति नगरबासि एकदम खुसि रहेका छन ।