रौतहट माघ ११ गते । राजनिती कसरी हुन्छ भन्ने रौतहटको प्रदेश सभा (ख) को पूर्व सांसद रामकिशोर यादव र बौधिमाई नगरपालिकाको पूर्व मेयर राजिव रंजन यादवले अहिले गरिरहेको राजनिती स्टन्ट हेरे पुग्छ।
बाबू र छोराले बितेको प्रदेश सभा निर्वाचन र स्थानीय तह निर्वाचनमा हारे पछि आफ्नो पराजयकको आक्रोश आम जनता माथि पोखिरहेको एक स्थानीयले बताएका छन्।
बितेको प्रदेश सभाको निर्वाचनमा रामकिशोर यादवले चुनाव हारे पछि गरिब किसानलाई विभिन्न मुद्दा लगाइ समाजलाई प्रभावित पार्न खोजिरहेको स्थानीयहरुले बताउँछन्। गत स्थानीय तह निर्वाचनमा छोरा र भर्खरै सम्पन्न प्रदेश सभाको निर्वाचनमा बुबा पराजित हुदा बुबा र छोरा मिलि समाजका सोझा साझा जनतालाई विभिन्न बहानामा फसाइरहेको एक स्थानीयले दुखेसो पोखे।
पूर्व प्रदेश सांसद समेत रहेका रामकिशोर यादवको छोरा राजिव रंजन यादवले गत स्थानीय तह निर्वाचनमा पराजित भएका थिए भन्ने मंसिर ४ मा सम्पन्न निर्वाचनमा यादव आफै हारे। बैशाख देखि लगातार पराजयको सामना गरिरहेका यादवले हारको दु:ख खेप्न नसक्दा स्थानीयहरुलाई आफ्नो राजनिती मोहडा बनाएका छन्।
राजु यादवले मेयर हारे पछि घटाएको घटना
गत स्थानीय तह निर्वाचनमा रौतहटको बौधिमाई नगरपालिकाको पूर्व मेयर राजिव रंजन यादवले आफू पराजित हुने संकेत देखेपछि धाधली गरि चुनाव जितने मनसायले मतगणना स्थलमा ल्याउदै गरेको जसपा पार्टीको झण्डा अंकित ना ७ त ६०० नम्बर पलेटको एक ट्याक्टर बासको भट्टा र धारिलो हातहतियार सहित स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनामा प्रहरी प्रशासन समेत उदासीन देखिएको छ।
गत असार ९ गते पूर्व मेयर राजु यादवका गृह वडा ईनरबारीमा बिहिवार बिहान अन्तक्रिर्या गर्न जादा उनको समर्थकहरुले वर्तमान मेयर प्रदिप यादव माथि अभद्र व्यवहार समेत गरेका थिए।
मेयर यादवले जनताका सुख-दुख बुझ्न नपाका ९ वटै वडामा अन्तरक्रिया कार्यक्रम राखेका थिए सोही कार्यक्रम अन्तर्गत पूर्व मेयर राजु यादवको गृह वडा ईनरबारीमा बिहान अन्तक्रिर्या कार्यक्रम गरिरहेकै अवस्थामा वर्तमान मेयर प्रदिप यादव माथि अहिले झडमा मुझिएको र भिडियोमा रक्सी खाइरहेको आंशिक यादवले नै अशब्द कुराको प्रयोग गर्दै अभद्र व्यवहार गर्ने जमर्को समेत गरेका थिए।
नगरपालिकामा तोडफोड साथै मेयरमाथि संघातिक हमला
गत असोज ९ गते बौधिमाई नगरपालिका वडा नम्बर ९ स्थित रहेका शंकर माविका विद्यार्थीहरुलाई उचालेर नगरपालिकाको कार्यालयलाई तोडफोड गर्न लगाय।
सो विद्यार्थीहरुले शैक्षिक भ्रमणको पैसा मागने निहुमा नगरपालिकाको कार्यालय र मेयर चढने गाडी तोडफोड गरि नव निर्वाचित मेयरमाथि संघातिक हमला गर्ने प्रयास समेत गरे।
सो विद्यार्थीहरुलाई विद्यालयका केही शिक्षक, नवनिर्वाचित वडा अध्यक्ष तथा तथा पूर्व मेयरले उचालेर घटना गराएको आरोप समेत लगाएका छन् । जबकि शंकर माविको प्रअ संजय जैसवालले सो घटना राजनीतिक व्यक्तिहरुले घटाएको कुरा स्विकार समेत गरेका थिए।
उक्त घटना अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा संचित नै छ।
किशोरी यादवले हारे पछि घटाएको घटना
त्यस्तै मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट प्रदेश सांसदमा कामकिशोर यादवले हारे पछि किसानहरुलाई दु:ख दिन थालेको स्थानीयहरुले खुलासा गरेका छन्।
ट्युबवेलको ट्रान्सर्फमर चोरी
हारेको केही समय नबित्दै उनका समर्थकहरुले ट्युबवेलमा लागेको ट्रान्सर्फमर चोरी गरि आम किसानहरुलाई बदनाम गरेका थिए। जबकि सार्वजनिक रुपमा राख्ने ट्युबवेललाई किशोरी यादवले निजीकरण गरेर राखेका छन्।
किसानको धानमा आगजनी
किसानको मुल अहार तथा नगदे बाली भनेको धान नै हो। तर किसानहरुले थन्क्याएर राखेको धानको बोझामा समेत उनका समर्थकहरुले आगो लगाइ लाखौं बराबरको क्षति गरेका थिए।
आपसी झडमा राजनीतिक स्टनट
गत पुस २१ गतेका दिन पसलको उधारो लेनदेनमा आंशिक यादव र रामपत पटेल बिच आपसी भनाभन हुदा उग्र रुप लिई झडपमा परिणत भयो। उक्त झडमा यादव र पटेल दुबै घाइते भए। यादवलाई उपचारका लागि काठमाडौंको ट्रामा सेन्टरमा र रामपत पटेललाई एल एस न्युरो हस्पिटल बिरगंजमा भर्ना गरियो । रामपत पटेल र सुरज पटेलको दाहिने हात भाचिदा स्टिल रोड लागेको छ।
यादवको स्वास्थ स्थिति ठिक भए पनि किशोरी यादव र राजिव यादवले राजनीति स्टनट बनाउन उपचार रत यादवको अवस्था ठिक नरहेको भन्दै यादवको नक्कली रिपोर्ट ल्याइ रामपत पटेल लगायत ८ जना माथि मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक माथि दबाब दिन थालेको एक स्रोतले जनाएका छन्।
जबकि आंशिक यादवले काठमाडौंकै एउटा रक्सी भट्टीमा रक्सी खाइरहेको भिडियो भाइरल भएको छ। आंशिक यादव पूर्ण रुपमा स्वस्थ भइसकेको रक्सी खाइरहेको उक्त भिडियोबाट सहजै अनुमान गर्न सकिन्छ।
दुई पक्षको आपसी झडपलाई राजनीतिक रुप दिनु अहिलेको राजनीतिक अवस्थामा नौलो त पक्कै पनि होइन। तर यस राजनितीकरणबाट राजनेतालाई आन्नद र लाभ मिले पनि आम जनता यसबाट पीडित हुदै आएका छन्।
लोकतान्त्रिक पद्धतिमा लोकतन्त्रको मुल गहना भनेको निर्वाचन हो। जसको माध्यमले जनताको मतलाई कदर गर्नैपर्छ।