जनकपुरबाट लागूऔषधसहित चारजना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १३, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
जनकपुरबाट लागूऔषधसहित चारजना पक्राउ

रौतहट,१३ माघ। धनुषा प्रहरीले जनकपुरधामबाट लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरूलाई जनकपुरधामस्थित पिडारीचोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

यस्तै ज .६ प. १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगर-४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४ सय ९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले जानकारी दिए।

उनीहरूले प्रयोग गरेको अटो रिक्सा र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले बताए

ताजा अपडेट

खोजी गर्नुहोस