सागर संगम ठाकुर
रौतहट, १४ माघ। रौतहटको देवाही गोनाहीमा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले दुई वटा बिधालय भवनको शिलान्यास तथा अधारभुत स्वास्थ्य चौकीको उदघाटन गर्नु भएको छ ।
अध्यक्ष साहले जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं.१ करुनियामा दुई वटा बिधालय भवन र अधारभुत स्वास्थ्य चौकीको उदघाटन गर्नु भएको हो । सशर्त अनुदान र पुजिगत तर्फबाट कुल ३० लाख १२ हजारको लागत करुनिया स्थित करोबल पोखरिमा नव निर्मित अधारभुत स्वस्थ्य चौकी भवनको साहले उदघाटन गरिएको देवाही गोनाही नगरपालिकाका योजना शाखा प्रमुख पटेलले जानकारी गराए ।
त्यस्तै सोही ठाउँमा शिलान्यास गरिएको बिधालय भवन शहरी विकास भवन निर्माण कार्यलयको समपुरक अनुदानबाट १ करोड १ लाख २४ हजार ६ सय १८ रुपैयाको लागतमा निर्माण हुन भएको छ ।
आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि सावन बिलडर्स जनकपुर १५ ले ठेक्का सकार गरेको शाखा प्रमुख मुकेश पटेलले जानकारी गराएका हुन् ।
त्यस्तै करुनिया लक्षमिनियामा अवस्थित जनप्रिय अधारभुत बिधालयको आजपा अध्यक्ष साहले शिलान्यास गरेको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत करुनिया लक्षमिनियामा कुल २२ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण हुने भवनको देवाही गोनाही नगरपालिकाका पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले हिन्दु रितिरिवाज अनुसार पुजापाठ गरे पश्चात आजपा अध्यक्ष साहले शिलान्यास गर्नु भएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले जानकारी दिनु भयो ।
भूपू वडा अध्यक्ष एवम् वि.व्य.स.का अध्यक्ष शेख कदिरको अध्यक्षतामा उपभोक्ता समिती मार्फत निर्माण कार्य हुने बिधालयका प्रधानाध्यापक जगदिश प्रसाद साहले जानकारी दिनु भयो । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकोठाको अभावमा केही समाधान हुने प्रअ साहले बताए ।
वडा अध्यक्ष सफिरा खातुनको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको अवस्थामा शिक्षा प्रति राजनितिक दल र अभिभावक सक्रिय नभएका करण देशमा शिक्षाको अवस्था झनै कमजोर हुदै गएको बताउनु भयो ।
वहाले देशका ठुल ठुलाँ राजनितिक दलका नेताहरुले कुर्सीको लागि मात्र लडाई लडने गरेका कारणले देशमा शिक्षाको गुण्स्तर खस्कीदै गएको बताए ।
देशका सरकारी स्कुलको शिक्षा कमजोर हुनुमा मुख्य दोसी सरकार र राजनितिक दल रहेको आरोप लगाउनु भयो ।
राजनितिक दल देशमा कुसीको लागि मात्र राजनिति गरिरहेकाले यहाँका युवाहरु बिदेशमा गए लेवरको काम गर्नु परेको अवस्था आएको बताउदै यस तर्फ सचेत हुन सबैजनालाई आग्रह गर्नु भयो ।
अर्को प्रसंङ्गमा बोल्दै अजपा अध्यक्ष साहले रौतहट क्षेत्र नं.३ को बिकाशमा यहाँका जनताहरुको ठुलो योग्दान रहेको यसर्मण गर्दै वहाँले याहाँका जनता महान रहेको प्रसंशा गर्नु भयो । साथै वाहाले करुनिया गाउँलाई जिल्लाको जुनसुकै शरहर संग जोडनको लागि नयाँ सडक निर्माण गर्नको लागि आफु तयार रहेको बताउनु भयो ।
करुनियाका जनताहरुले साथ र सहयोग दिए जुनसुकै बेला नयाँ सडक निकालन आफु लागि पर्ने बताए ।
करुनिया करबोल पोखरीको किनारमा निमार्ण हुने श्री प्राथमिक बिधालयको ४ कोठे भवनलाई पूर्व मन्त्री साहले शिलान्यास गर्नु भएको प्रधानाध्यापक कपिलदेव ठाकुरले बताए । त्यसैगरी करूनियामा नै आधारभूत स्वास्थ्य चौकीको समुदघाटन गरिएको छ ।
सो अवसरमा पूर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहा, देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेल, जिल्ला ईन्चार्ज त्रिभुवन साह,आम जनता पार्टीका मुस्लीम संगठनका केन्द्रिय सदस्य रहिस आलम,वडा नं.४ का वडा अध्यक्ष रामप्रवेश पटेल, पुर्व वडा अध्यक्ष शेख नुरुल्लाह,वडा नं.६ का पुर्व वडा अध्यक्ष अनिल झा, इलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रमुख, संचारकर्मी सहित स्थानीय भद्धभलादमी बुद्धीजीवीहरूको सहभागीता रहेको थियो ।