रमेश कुमार यादव
रौतहट,१५ माघ । रौतहटमा प्रेस सेन्टरको १९ औँ स्थापना दिवशको अवसरमा चियापान कार्यक्रम सम्पन भएको छ ।
नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रम गरेका थिए । प्रेस सेण्टर नेपाल जिल्ला समन्वय समिति रौतहटको आयोजनामा चियापान कार्यक्रम गरेको थियो ।जिल्लाको पुर्वीभेगमा पर्ने चन्द्रपुर नगरपालिकाको स्थित रहेको एन प्लाजामा प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्ष डिल्ली बहादुर कार्की(सुब्बा)को अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र सञ्चार क्षेत्रको पुनःसंरचना राष्ट्रियता, समाजवाद, सुशासन र समृद्धिको पक्षमा प्रेस सेन्टरको अभियान भन्ने नाराका साथ प्रेस सेन्टर नेपालले १९ औं स्थापना दिवस तथा बार्षिकोत्सव मनाएको छ ।
चियापान कार्यक्रमको सम्बोधन गर्दै नवनिर्वाचित प्रदेश सासद युवराज भट्टराईले भने पत्रकार देशको चौथौ अंग रहेको छ ,देशलाई हाक्ने एउटा ठुलो भुमिका निर्वाह गर्ने गरेका छन । माओबादी निकट आबद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टरले खेलेका भुमिका अविस्मरणिय रहेको सासद भटराई बताउनु भयो ।स्थानिय तहमा जनप्रतिनिधिहरुले गरेको कमिकमजोरीलाई खबरदारी गराउनुमा पनि पछि नपर्न बताउनु भयो ।
बिकास निमार्णका कार्य सडक,खानेपानी,नाला सहित बिकासको काम अगामि दिनमा गरेको सहयोग जस्तै अझै पनि हातोमालो गर्दै जानुहुन्छ भनि अपेक्षा लिएको बताउनु भयो । सहि कुरामा कलम चलाउनुमा पछाडी नपर्नु बताउनु भयो । सत्य तथ्य कुरा समाज र जनतामाझ उजागरण गर्नमा धेरै रुकावट आउँछ तर अलिकति पनि डगमग नभई आफ्नो कामलाई निरन्तरता दिदै जानु होसला प्रदान समेत गरेका थिए ।सोहि प्रसंगमा सासद भटराईले श्रमजिवि पत्रकार र माओबादी निकट प्रेस सेन्टरका पत्रकारहरुलाई सुरक्षा तथा पाउने पर्ने सेवासुबिधाको लागी हामि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो. ।
सोहि कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रहरी निरिक्षक बिमला कठायत ,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट ईन्सपेक्टर लगायत संन्चारकर्मिहरुको उपस्थिति रहेका थिए ।