फतेपुरमा भगवान श्रीराम जानकी र लक्ष्मण तथा हनुमानको प्राणप्रतिष्ठा आज हुदै, गाउभरी डाला परिक्रमा कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ १८, बुधबार (३ साल अघि)
  • ७ पटक पढिएको
फतेपुरमा भगवान श्रीराम जानकी र लक्ष्मण तथा हनुमानको प्राणप्रतिष्ठा आज हुदै, गाउभरी डाला परिक्रमा कार्यक्रम सम्पन्न

रौशन कुमार चौधरी
रौतहट,१८ माघ।
रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा भगवानको प्राणप्रतिष्ठा हुन गएको अवसरमा डाला कार्यक्रम निकालिएको थियो ।

जिल्लाको कटहरीया नगरपालिका अन्तर्गत पर्ने फत्तेपुरमा चार वटा भगवानको आज बुधबार प्राणप्रतिष्ठा हुने भएको कारणले गाउँभरि डाला निकाली परिक्रममा गरिएको बर्तमान काल दैनिक पत्रिकाका सम्पादक रौशन चौधरीले जानकारी दिनु भएको हो । डाला परिक्रममा कार्यक्रममा रौतहट जिल्लाको कटहरिया नगरपालिका अन्तर्गत रहेको ओम ब्रुबरिका संचालक तथा क्षेत्र नं.३ को प्रतिनिधि सभासदस्य पदको प्रत्याशि ओमप्रकाश जैसवालको सहभागिता रहेको थियो ।

फत्तेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न मंगलबार १००८ कन्याद्वारा कलश यात्रा निकालिएको थियो ।मंगलबार कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। आज बुधबार फत्तेपुरको मठमा भगवान श्रीरामजानकी र लक्ष्मण तथा हनुमान जी गरि जम्मा चार वटा मुर्तिको प्राणप्रतिष्ठा हुने भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भण्डारा (बटोर) तथा उक्त यज्ञमा जिल्ला भरीका साधु महात्मा आउने तयारी थालिएको छ ।

भगवानको मुर्ति स्थापनाले समस्त फत्तेपुरवासी कटहरिया नगरपालिका वासी, रौतहट जिल्लावासी तथा सम्पूर्ण देशवासी लाई यो जगले रक्षा गर्ने भुपु वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नगर सभापति शम्भु कान्त यादवले बताए । शुक्रबारको दिन उक्त यज्ञमा अष्टजाम समेत हुने समितिले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस