पवन कुमार उपाध्याय
रौतहट,१८ माघ । रौतहटमा जोखिम मुल्यांकन समुदायमा आधारित बाढी पुर्वसुचना प्रणालीका लागि लाल बकैया नदी क्षेत्रमा सम्भाव्यता अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रम बुधबार जिल्ला समन्वय समितिको सभाहल गौरमा सम्पन्न भएको छ।
रौतहट जिल्लाको लाल वकैया नदी , अडूआ नदी , झाँझ नदी लगायत विभिन्न नदीहरूको बाढी बाट ग्रसित क्षेत्रहरूको बारेमा र समस्या समाधानका विषयमा ‘ईसिमोड एक अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोग,द स्मौल अर्थ नेपालको प्राविधिक सहयोग, माण्डवी र सामुदायिक विकास तथा पैरवी मञ्च बर्दीवास नेपालको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो जोखिम मुल्यांकन समुदायमा आधारित बाढी पुर्वसुचना प्रणालीका लागि लाल बकैया नदी क्षेत्रमा सम्भाव्यता अध्ययन जिल्ला स्तरिय छलफल गोष्ठी कार्यक्रमको अध्यक्षता गरेको माण्डवीको अध्यक्ष अञ्जु झाले अध्यक्षता गरेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति प्रमुख त्यस्तै बिशिष्ट अतिथिको रुपमा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह ,जिल्ला प्रमुख अधिकारी धमेन्द्र कुमार मिश्र , सुरक्षा निकायका प्रमुख ,जिल्ला अनुसन्धान प्रमुख चन्दन झा , नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र कुमार सिंह , इसीमोड नेपालको अध्यक्ष शैलेन्द्र शाक्यको सहभागिता रहेको थियो।
सरोकारवालाहरुसँगको छलफल गोष्ठी कार्यक्रममा लाल बकैया नदी बाट ग्रसित रहेको नगरपालिकाहरूको वडा अध्यक्ष र मेयर सहित ५५ जनाको सहभागिता रहेको The Small Earth Nepal को Executive Director भवानी शंकर डोंगोलले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा ईसिमोडको Researcher रञ्जित चापागाई,त्रिविक्रम बस्नेत, Expert नरेन्द्रराज खनाल, गार्गी प्रधान साथै पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिति थियो ।