सागर संगम ठाकुर
रौतहट,१८ माघ। रौतहटको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा विश्वकर्मा मन्दिरको स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा अवस्थित बिश्वकर्मा मन्दिरको प्राङ्गणमा मन्दिरको स्थापना दिवस मनाइएको हो ।
श्री नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष रामाशंकर ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा बारा निर्वाचन क्षेत्र नं.३ (क) बाट प्रदेश सभा सदस्य लक्ष्मी देवी ठाकुर रहेकी थिइन् भने विशिष्ट अतिथिको रुपमा नेपाल विश्वकर्मा सेवा समितिका बरिस्ठ उपाध्यक्ष आशिर्वाद ठाकुर रह्नु भएको थियो । दिवसको अवसरमा प्रदेश सभा सदस्य लक्ष्मी देवी ठाकुर र बिशिष्ट अतिथिले मन्दिरका संस्थापक अध्यक्ष सिताराम ठाकुरलाई दोसल्लाह ओढाएर सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा संस्थापक सदस्य, स्वजातिय जनप्रतिनिधि तथा स्वजातिय कर्मचारीहरूलाई पनि संम्मान गरिएको थियो । साथै सोअवसरमा कान्तिपुर टेलिभिजनका रौतहट संम्वादाता पत्रकारहरु राजेश्वर पाण्डे, संगम एक्सप्रेस डट कमका अध्यक्ष सागर संगम ठाकुर ,मौलापुर एफ एमका बजार प्रतिनिधी रमेश साह, बज्जिकाञ्चल खबरका सम्बादाता रुपेश यादव र मधेश जन अवाज एफ एमका समाचार बाचक रमेश यादवलाई पनि गम्छा ओढाई प्रशंसा पत्रको साथ सम्मान गरिएको थियो ।
स्थापना दिवसको अवसरमा सुविश इन्टरनेट गरुडाका कार्यालय प्रमुख सुनिल ठाकुर र श्री जय किसान नमुना माबि धरहरीका शिक्षक रामयोध्या ठाकुर जनता माबि कटहरियाका शिक्षक सोनालाल ठाकुर लगाएत लोहार समुदाय बाट प्रतिनिधित्व गर्ने जनप्रतिनीधी र कर्मचारहिरुको भव्य उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शंकर ठाकुरले राख्नु भएको थियो भने कार्यक्रमको संचालन विवेक शर्माले गरेका थिए ।