रौतहट,२० माघ। रौतहटमा एक छोराले आफ्नै बुबाको हत्या गरेको छ ।
घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं –६ हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेको ।
राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छ्न ।
बाबु र छोरा प्रकाश बीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाए । घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको र छोरा प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएका छन । के कारणले बुबा माथि आक्रमण गरेको भन्ने तथ्या खुल्न बाँकी छ । मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ ।