कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामप्रकाश साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ २३, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामप्रकाश साह

राैशन चाैधरी ।
माघ २३ गते ।

राैतहट जिल्लाकाे कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामप्रकाश साहले सोमबारका दिन नगरपालिकाकाे कार्यालयमा कार्यभार समाल्नुभएको छ । साहलाई कटहरियाकाे नगर प्रमुख अजय प्रकाश जयसवालले नगरपालिकामा फुलमाला लगाई स्वागत गरेका थिए । यो भन्दा पहिला साह प्रमुख लेखा अधिकृतको रूपमा कटहरिया नगरपालिकामा काम गर्दै आउनुभएको थियो । वाहालाई प्रमुख रामनरेश यादव,कौशल चौधरी, सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

नव नियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले सुशासन कायम गर्दै कटहरिया नगरपालिकामा प्रभावकारी सेवा संचालन गर्ने बताए ।

उनले कटहरिया नगरपालिकालाई सबै क्षेत्रमा अब्बल बनाउने पनि बताए । आफूले २०४१ साल देखी जागिर गर्दै करिव २९ वर्षको अनुभव भएकाे बताए । यसअघि काम गरेका सबै यो पालिकामा स्मरणयोग्य काम गरेको बताउदै जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा कटहरियालाई जिल्लाकै सर्वउत्कृष्ट नगरपालिका बनाउने बताउनुभयो ।

साे कार्यक्रममा कर्मचारी र जनप्रतिनिधि तथा स्थानीयकाे सहभागिता रहेकाे थियाे

ताजा अपडेट

खोजी गर्नुहोस