बाराको रिलायन्स चिनिमिलका संचालकको दादागिरिले उखु किसान त्रसित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ माघ २४, मंगलबार (३ साल अघि)
  • ७ पटक पढिएको
बाराको रिलायन्स चिनिमिलका संचालकको दादागिरिले उखु किसान त्रसित

बारा । माघ २३ गते ।
बारा जिल्ला स्थित रहेको रिलायन्स चिनिमिल मालिकको दादागिरि गरेको स्थानियबासिले आरोप लगाएको छ । बारा जिल्ला स्थित रहेको रिलायन्स चिनिमिलका संचालकले कलैया उपमहानगरपालिकाको किसानहरुलाई मनलाग्दी दुःख दिईरहेको कलैया उपमहानगरपालिकाको वार्ड नं.१४ कलैयाका स्थानिय बासिन्दा महेन्द्र प्रसाद जैसवालले आरोप लगाएका छन । स्थानिय किसान जैसवालले पत्रकार सम्क्ष आफ्नो दुखेसो पोखेका छन ।

उखु किसान जयसवाल अनुसार रौतहट जिल्लाको कटहरिया नगरपाकिलाका–५ डुमरिया स्थित रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल ई.प्रा.लिका सन्चालक बैजु बाबराले हामी किसानलाई सुगरकेन हार्वेस्टर मसिनले उखु काट्नको लागि सहुलियत दरमा दिएको र समयमा भुक्तानी दिदा हामि बाराका किसानहरुलाई उक्त चिनिमिललाई आफ्नो उखु दिदा रिलायन्स चिनीमिलका संचालकले हामि किसानलाई नानाथरिका उपद्रो लगाई अनावश्यक दुख दिईरहेको उखु किसान जैसवालले पत्रकारसंग दु:ख पोखेका छन ।

जैसवालले भने हामि पहिला रिलायन्स चिनिमिललाई आफ्नो उब्जाएको उखु दिदैँ आईरहेको तर समय अनुसार मलखाद,मजदुरि लगायत कामदारहरुको महङ्गी बढदा चिनिमिलले हामिलाई कुनै सहुलियत अर्थात दिएको सेवासुबिधा पनि कटौति गर्दा हामि किसान मारमा पर्न गयो । एक त उखुबालिलाई नगदे बालि भनिने तर हामिले उब्जाएको उखुलाई चिनिमिललाई दिदा बर्षोमा भुक्तानी नदिनेले आजित हुदैँ आएको दुखेसो सुनाउनु भयो ।त्यसमा यो चिनिमिलले दुख दिएर हैरान बनाएको आँखा रसाउदैँ भने कि हामि किसानले पहिले रिलायन्स चिनिमिललाई उखु दिन्थ्यो किनभने त्यति बेला हामिलाई सम्पुर्ण सेवा सुबिधा दिन्थ्यो । तर अहिले यस चिनिमिलले हामिलाई समयमा न चलान दिने न कुनै प्रकारका सेवा सुबिधा दिने जस्ता कार्यले हामि किसानको उखुको खेतमा नै सुक्न थालेका बताउनु भयो ।

बाबा बैजुनाथ चिनिमिलले हामि किसानको लागी सहुलियतमा प्रति क्विन्टल एक सय बिस रुपैँयामा सुगर केनहार्वेस्टर वाटकाटाई गरि चिनिमिल लगिरहेको साथै समयमा भुक्तानी पनि दिदैँ आईरहेको कारण उक्त चिनिमिललाई हामि बाराका किसानहरुले दिने गरेका छौ । तर पहिला हामिलाई प्रति क्विन्टल दुई सय बिस रुपैँया मजदुरलाई दिएर कटाउने गर्थो । त्यति गरेर रिलायन्स मिललाई दिदा समयमा भुक्तानी समेत नदिदा हामिले किसानलाई जुन ठाउँ सहुलियत भए त्यहि दिने छौ ।सो कारणले हामि रौतहट जिल्लाको बाबा बैजुनाथ सुगर एण्ड केमिकललाई यहाँबाट उखु दिदा रिलायन्सका संचालकले आफ्नो पैसाको पावरले गर्दा प्रहरी प्रशासनलाई लगायर बाराको उखु रौतहटमा लान पाउँदा भनि ठाउँमा रोकि दुख दिदै आईरहेका बताउनु भयो ।

रिलायन्स चिनिमिलको संचालकको दादागिरिले हामि आजित भईसकेका छौ जैसवालले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस