पवन कुमार उपाध्याय
रौतहट, २६ माघ । जिल्लाको गरुडा लगायत बिभिन्न ठाउँमा अनुगमन आउने डरले अधिकाशं पसलहरु बन्द रहेको थियो ।
जिल्लाको मध्यभागमा अवस्थित तथा प्रमुख ब्यापारिक नगरि भनि चिनिने गरुडा नगरपालिकाको वार्ड नं.४ स्थित गरुडामा अनुगमनको डरले पसललेहरु बन्द गरि आफ्नो–आफ्नो पसलको चारैतिर बसेको थिए । बजारमा उपभोक्ताहरु ठग्ने गुनासो बढेकोले अनुगमन कर्ताको आवश्यक रहेको हुँदा चेकजाँच गर्न आउन लागेको हल्ला चलेको थियो ।
बजारमा पसललेहरु आफ्नो मनपर्दो दर लगायत प्रयोगमा आउने समाग्रीहरुमा मिलावट गरि बेच्न लागेको कुरा चौतर्फि अनुगमन कर्ताको आलोचना समेत भएको थियो । पसल अगाडी प्रयोगमा आउने समाग्रीको दर रेट प्रष्ट बुझने गरि राख्न पसलका साहुहरुलाई सुझाव समेत दिएका थिए । तर त्यसो नगरी पसलेहरु आफ्नो मनपरि उपभोक्तालाई ठग्ने काम गरिरहेको गुनासो रहेको हो । त्यस्तै अनुगमन टोलीको डरले मापदण्ड पुरा नगरेका अधिकांश औषधी पसल, किल्निक, भिडियो एक्सरे, डेण्टल लगायतका किल्निकहरु बन्द रहेको थियो।
यसै बिषयमा आम नागरिक अझै पनि बेखबर नै छन् । उनीहरु चर्को शुल्क तिरेर उपाचार गराउन बाध्य छन् । चिकित्सकको लाइसेन्स नभएका औषधी पसलले चिकित्सक बनेर उपचार गराइरहेका छन् । औषधी विभाग तथा जनस्वास्थ्य कार्यालयको निर्देशीका तथा मापदण्ड पुरा समेत गरेका हुदै न सञ्चालक । रौतहटमा स्वास्थ्य क्षेत्रमा यस्तो विकृती बढ्दै गएको ले अनुगमन टोलीको नाम सुन्ने बित्तिकै अधिकांश किल्निकहरु बन्द रहेको अवस्थामा थिए।
पसल बन्द रहेको कारण उपभोक्ताहरु समानहरु किनमेल गर्नमा समस्या आएको थियो । गरुडाका अधिकाश पसलहरुका आफ्नो पसलको भ्याट नतिरेको ,कागजपत्र ठिक नरहेको ,मापदण्ड पुरा नगरेको डरले आफ्नो पसल बन्द गरि लुकाएको थियो।