रौतहट, २९ माघ । रौतहटको गढीमाई नगरपालिका स्थित विश्व प्रख्यात लडाइँया समनपुरमा ऐतिहासिक फागु मेला लाग्ने भएको छ।
तत्कालीन अंग्रेजको सेनालाई हराएको खुशीमा यहाँको गढीमाई नगरपालिकास्थित समनपुर बजारमा बिहीबारबाट मेला सुरु हुने भएको छ । २ सय ५ वर्ष अघिदेखि लाग्दै आएको मेलालाई यो वर्ष विशेष तरिकाले लागने वडा नम्बर ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र श्रेष्ठले जनाएका हुन्। आइतबार गढीमाई नगरपालिकाले पत्रकार सम्मेलन गर्दै ऐतिहासिक समन्पुरलाई विश्वमा चिनाउन संचारकर्मीको अहम भुमिका हुने प्रवक्ता श्रेष्ठले जिकिर गरे।
सन १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अग्रेजको फौजलाइ लखेटर सिमाना कटाएको र हतियार कब्जामा लिएको खुशीयालीमा हरेक वर्ष यहाँ मेला लाग्ने गरेको छ । मेलाले यस क्षेत्रको रौनक बढाएको छ । मेला हेर्न विदेशी पर्यटक तथा जिल्लाभरीका मानिसहरू पुग्ने गरेको र मेलाले छुट्टै महत्व बोकेको नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले बताए।
यादव अनुसार त्यस बेला नेपालीले अंग्रेज फौजलाइ लखेटी उनीहरू संग रहेको तोप तथा अन्य आधुनिक हतियारहरू कब्जा गरेका थिए । नेपालीको गौरवको रुपमा रहेको समनपुरको बिकासगर्न योजनाहरू अगाडी बढाइएको मेयर यादवले बताए । सुरुका दिनहरूमा दुइ महिना सम्म मेला लाग्थ्यो ।
अहिले एक पाँच दिन सम्म लाग्ने गरेको छ । ‘नेपालकै ईतिहासमा समनपुर बिर्सन नसक्ने गाउँ भएको छ,’ मेयर यादब भन्छन्, ‘मेलालाई व्यवस्थित र मर्यादित बनाउन सबै लाग्नुपर्छ ।’ सेना र समनपुर आसपासका बासिन्दाले अग्रेजलाई लखेटेको इतिहासको स्मरण गर्दै त्यस वेला भएको युद्धको झझल्को दिने कथामा आधारित नाटकसमेत प्रदर्शन गरिने कलाकारहरुको आमन्त्रण गरिएको मेयर यादवले बताए ।
युद्धका बेला समनपुरका स्थानीयले आधुनिक हतियारसहित आएको अंग्रेजको फौजलाई धपाएको थियो । त्यस बेला अंग्रेजहरूबाट भारी परिमाणमा हतियार र तोप खोसेको थियो । युद्धमा खोसिएको तोप ततकालीन नारायणि अञ्चल प्रहरी कार्यालय बिरंगजमा राखिएको छ । तोप ल्याउन पहल गरिने मेयर यादवले प्रतिबद्धता जनाए । मेलालाई ऐतिहासिक फागु बैरिया मेला भन्ने गरिन्छ ।
समनपुरको इतिहास जोगाउन नेपाली सेनाको इनद्रबक्स गणले खेलेको भूमिकाको सराहनिय रहेको मेयर यादबले बताए । पाँच दिन सम्म चल्ने होली मेलामा करिब ४ करोडको व्यापार हुने अनुमान गरिएको छ । सर्लाही र रौतहटको विभिन्न गाउँका मानिसहरू होली मेलाबाट सामग्री किनेर लैजान्छन् ।
भव्यताको साथ पर्वपछि सकिन्छ । मेला उद्घाटनको क्रममा सोमबार नेपाली सेनाले बिभिन्न नृत्य तथा राष्ट्रभक्ती नाटक प्रस्तुत गरेको थियो ।