बसको ठक्करबाट एक महिलाको मृत्यु ,वीरेन्द्रनगरमा तनावग्रस्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन १, सोमबार (३ साल अघि)
  • १० पटक पढिएको
बसको ठक्करबाट एक महिलाको मृत्यु ,वीरेन्द्रनगरमा तनावग्रस्त

रौतहट,०१ फागुन I वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस