श्रीमानले गरे श्रीमतीको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन २, मंगलबार (३ साल अघि)
  • ७ पटक पढिएको
श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेत। दैलेखमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार जिल्लाको राती गुराँस गाउँपालिका ८ माथिल्लोगार्जाका २८ वर्षीय कृष्ण बहादुर खड्काले १७ वर्षीय श्रीमती पार्वती बिसीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार सामान्य वादविवादमा झगडा हुँदा खड्काले पिटेर हत्या गरेका हुन् । पार्वतीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

उनका अनुसार कृष्ण बहादुरलाई प्रहरीले पक्राउ गरी थप  अनुसन्धान भइरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस