रौतहट,०२ फागुन। रौतहटको मौलापुरमा एकै दिन ३ वटा भवन उद्घाटन गरिएको छ ।
आम जनता पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले संयुक्त रूपमा नव निर्मित भवनको उदघाटन गर्नु भएको हो।
मंगलबार मौलापुर नगरपालिका—२ चिरचिरियामा नव निर्मित वडा कार्यलय भवन र वडा ५ मौलापुर स्थित वडा कार्यालय, नगर पुस्तकालय र व्यायामशाला तथा योग केन्द्रको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाघाटन गर्न भयो ।
नगरपालिकाबाट कुल ६४ लाख र मधेश प्रदेशबाट कुल २५ लाखको लागतमा चिरचिरिया स्थित वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष श्रीभगवान पटेलले जनकारी गराएका हुन् । त्यस्तै मौलापुर ५ मा शहरी विकास बाट ४० लाख र मौलापुर नगरपालिकाबाट थप ६० लाखको लागतमा वडा कार्यालय, नगर पुस्तकालय र व्यायामशाला तथा योग केन्द्रको भवन निर्माण कार्य सम्पन्न पश्चात उदघाटन गरिएको वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साहले जानकारी दिनु भयो ।
त्यस्तै मौलापुर पातौरामा श्री जवाहर साह आधारभुत विद्यालयको ८ कोठे विद्यालय भवनको आजपा अध्यक्ष साहले समुद्घाटन गरेका हुन । २०७८ साल फाल्गुन १२ गते यसै विद्यालयको लागि मौलापुर नगरपालिकाद्वारा निर्माण सम्पन्न भएको पहिलो ८ कोठे भवनको उद्घाटन सम्पन्न भएको थियो । १ वर्ष नपुग्दै पुनः यस विद्यालयको लागि अर्को ८ कोठे नया विद्यालय भवनको निर्धारीत समयमै निर्माण कार्य सम्पन्न गरी पूर्वमन्त्री साह र मेयर साह संयुक्त रूपम उद्धघाटन गर्नु भएको हो ।
कुल १ करोड २० लाखको लागतमा २०७८ साल ११ महिना ३ गतेका दिन शिलान्यास गरि २०७९ साल ११ महिन २ गते उदघाटन गरिएको छ ।
मौलापुर नगरपालिकाको पतौरा १ मा कुल एक बिगहा १० धुर क्षेत्रफल रहेको जग्गामा दुई तले ८ कोठे भवनमा शौचालय चार वटा रहेको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो ।
मौलापुर नगरपालिकाले एक करोडमा एक बिगहा १० धुर जग्गा खरिद गरी कमपाउण्ड वाल निर्माण खर्च गरेको कुल लागत ६० लाख, पहुच र्माग निर्माणमा ६ लाख, जग्गा बिकाशमा १० लाख, भवन निर्माण ए बल्क १ करोड २० लाख जम्मा २ करोड ९६ लाख कुल लाग्त ४ करोड १६ लाख रुपैया खर्च भएकोे प्रमुख प्रशासकिय अधिकृत साले बताए ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले देशमा ७५३ वटा स्थानिय तह मधे रौतहटको मौलापुर नगरपालिका बिकाश निर्माणमा निकै अगाडी रहेको बताएका छन ।
प्रमुख अतिथी समेत रहनु भएका पुर्वमन्त्री साहले मौलापुर नगरपालिकाले आफनो बल बुतामा ढाव एरियामा पिछडिएको मौलापुरलाई जिल्लामै नमुना शहरको रुपमा स्थापित गर्न बिकाश निर्माणका कार्यहरु नगरपालिकाले गरिरहेकाले नगर प्रमुख रिना कुमारी साहलाई प्रसंसा गरेका थिए ।
अध्यक्ष साहले मौलापुर नगरपालिका नगरबासीलाई साक्षर बनाउन नगरपालिकाले करारमा भए पनि शिक्षक भर्ना गरी शिक्षामा पहुच बढाएको बताए ।
साहले अफुले यस क्षेत्रको सांसद हुदा छात्राहरुको लागि शुरु गरेको साईकल बितरण अहिले आएर प्रदेश र केन्द्र सरकारले गरिरहेको बताउदै यसमा याहाँ जनताले गौरव गर्नु पर्ने बताए ।
साथै कक्षा १२ का बिधार्थीहरुको लागि बितरण गरिएको ल्यापटप बिधार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुगेको बताउनु भयो ।
मौलापुर नगरपालिका अन्तगतका बिधार्थीहरुलाई प्रबिधिक शिक्षा हासिल गर्न अब बाहिर जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै साहले बहु प्रबिधकि शिक्षालय र मेडिकल कलेजको स्थापना मौलापुरमै गरिएको जानकारी दिनु भयो ।
साहले आफु यस क्षेत्रको सांसद भए पश्चात क्षेत्रका बिभिन्न ठाउँमा पिछडिएको अति बिपन्न गरिबहरुको लागि दलित बस्ती लियर बिवाह भवन सम्म समेत बनाईएको बताउनु भयो ।
अर्को प्रसंङ्गमा बोल्दै आजपा अध्यक्ष साहले मौलापुर नगरपालिकामा बाटो घाटो बिधालय भवन,अस्पताल भवन लगाएत भौतिक पुर्वाधार र बिकाश निर्माणका कार्य करिब करिब सकिसकेकाले अब किसानहरुको लागि काम गर्ने तर्फ मौलापुरका नगर प्रमुखलाई अग्रसर हुन सुझाव दिएका थिए ।
साहले याहाँका किसानले अव खाध्यान्नको लागि मात्र नभई बिउको लागि खेती गर्न किसानहरुलाई आग्रह गर्नु भयो ।
वहाले अब मौलापुरमा उत्पादन भएको गहु र मसुरीको बिउ अन्य ठाउँमा बिक्री होस भने उदेशयले याहाका किसानहरुले काम गर्नु पर्ने सुझाव दिएका थिए ।
साथै वहाले बिश्वमा कही कतै नसुनेको मधानी महायज्ञ मौलापुर नगरपालिकाले शुरु गरे पछि यसको चर्चा अन्तरराष्ट्रिय स्तरमा हुन थाले पछि यहाँका जनताले गौरवाब्ति महसुर गरिरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रदेश सभा सदस्य कुन्दन कुशवाहाले देशमा गरिब निमुखा जनताले भारतबाट खाध्यान सामग्री ल्याउदा यहाँका प्रहरी प्रशासने याताना दिने कार्य गरेको भन्दै यस्ता ब्यवस्था बिरुद्ध लडनको लागि नयाँ युगको शुरुआत पुर्व मन्त्री प्रभु साहले गरेको भन्दै सबै आम जनताले प्रभु साहको अभियानमा लागन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा आम जनता पार्टीका केन्दिय नेतागनहरु मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह उपप्रमुख नागेन्द्र प्रसाद यादव,नागेन्द्र साह,बिभिन्न वडाका वडा अध्यक्षहरु नगर भरीका बिभिन्न बिधालयका प्रध्यानाध्यापकहरु संचाकर्मी लगाएत स्थानिय अभिभावक बुद्धिजीहरुको उपस्थिती रहेको थियो ।