रौतहट,०६ फागुन। रौतहट जिल्लाको शिवालयहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार धुमधामसंग मनाइँदै छ ।
रौतहट जिल्लाको प्रसिद्ध नगरी शिवनगरधाममा महाशिवरात्रीको अवसरमा पुजा गर्ने श्रदालुभक्तजनहरुको बाक्लो घुईँचो लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै रौतहटका शिवालयहरुलाई सिँगारिएको छ । पञ्चांग निर्णायक विकास समितिबाट सिफारिस पात्रोअनुसार साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै महाशिवरात्रि पर्व मनाउन लागिएको हो।
हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ।भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्। यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ।
महाशिवरात्रिको अवसरमा रौतहटको प्रसिद्ध स्थल शिवनगरधामको शिवनगर मन्दिर ,बृन्दावनको बाबा बिश्वम्भरनाथ मन्दिर लगायतका रौतहटका बिभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।यसपालि पोहोर जस्तो कोरोना महामारी र डेङ्गीको त्रास नभएकाले पनि भक्तजन बढी आउने अनुमान गरिएको बृन्दावन नगरपालिका स्थित रहेको बाबा बिश्वम्भरनाथ मन्दिर रेखदेख गर्ने मदन साहले बताउनु भएका छन ।
त्यसतै प्रसिद्ध धार्मिक नगरी शिवनगरधाम क्षेत्रमा भक्तजनको भिड हुने भएकाले कुनै प्रकारको अवान्छित गतिबिधि नहोस भनि ठाउँमा नेपाल प्रहरी ,सशस्त्र प्रहरीहरुलाई शान्ति सुरक्षाको लागी कडा ब्यवस्था गरिएको छ ।।
महाशिवरात्रिका दिन यस क्षेत्रमा पुग्ने भक्तजनलाई व्यवस्थापन गर्न स्वयंसेवक खटाईएको मेला ब्यवस्थापन समिति शिवनगरले जानकारी गराएको छ।