सागर संगम ठाकुर रौतहट ।
फल्गुण ६ गते
महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आयोजित मधानी महोत्सवमा भारतीय भोजपुरी सिनेमा क्षेत्रका अभिनेता पवन सिंह र अभिनेत्री काजल राघवानी आफना दमदार साँस्कृतिक प्रस्तुती दिएका छन् ।
पतौराको महादेव मन्दिर परिसरमा आयोजित महोत्सवको शनिवार दोश्रो दिन भारतीय भोजपुरी अभिनेता तथा गायक सिंह र अभिनेत्री राघवानी सांगीतिक प्रस्तुती राखेका हुन् ।
रौतहटमा पहिलो पटक आएका भोजपुरी सुपरस्टार पवन सिंह र नायीका काजल राघवानीलाई हेर्न रौतहट सहित बारा, पर्सा, सर्लाही लगाएत देशका अन्य जिल्लाका साथै भारतको विहारबाट समेत लाखौं दर्शक मौलापुर पतौरा पुगेका थिए ।
महोत्सवमा भारतीय भोजपुरी कलाकारका साथै नेपालका पनि थुप्रै प्रसिद्ध कलाकारहरुले आ–आफना साँस्कृतिक प्रस्तुती दिएका थिए ।
करिव ३ घण्टा लगातार दिएको दमदार प्रस्तुतीले भारतीय कलाकार पवन सिंह र काजल राघवानीले उपस्थित लाखौं दर्शकको मन जित्न सफल भएका थिए । प्रहरी प्रशासनले दिएको कडा सुरक्षाले कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।
महोत्सवलाई लक्षित गर्दै रौतहट तथा मौलापुर नगरपालिका भरी र कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
मौलापुर पतौरामा केही वर्ष अघि उत्खननको क्रममा जमिनमुनी हजारौ वर्ष पुरानो महादेवको मन्दिर फेला परेको थियो । प्राचिन एवं कर्नाटकालीन मन्दिर फेला परेको वर्षदेखी नै पर्यटन प्रवद्र्धन गर्ने तथा सो महादेव मन्दिरलाई विश्व सम्पदा सुचिमा समावेश गराउने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा प्रत्येक वर्ष पतौरामा मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।