फाल्गुन १६ गते । रौतहट
निर्माता/निर्देशक एवं लेखक सरोज पण्डितद्वारा लिखित भोजपुरी फिल्म मेन्टल आशिकको अपार सफलता पछि फेरि ३ ओटा भोजपुरी फिल्म सुटिङको त्यारीमा रहेका छन । रौतहट जिल्लाको एतिहासिक मधानी महायज्ञ मौलापुरको रोमाञ्चक स्टेज शो कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।अबको केही दिनमा विभिन्न मनोरञ्जनात्मक भोजपुरी भाषाका फिल्महरु रिलीज हुने र भारत जस्तै नेपालमा पनि भोजपुरी इन्डस्ट्रिजका निर्माण गरिने पनि उदघोष गरेका हुन् । उदघोष गरेका ३ वटा फिल्म बैड ब्याय,क्याप्टन र पटना जक्सन अबको केही दिनमा सुटिङ हुने विश्वास व्यक्त गरेका हुन् ।नेपाल र भारतको प्रसिद्ध सिनेमा घरहरूमा हेर्न मिल्ने निर्माता एवं लेखक पण्डितले घोषणा गरेका हुन् । मौलापुर मधानि महायज्ञको उदघाटन समारोहमा उपस्थित विशिष्ट अतिथिको रुपमा पाल्नुभएको नेपालको समान्निय उपराष्ट्रपति नन्द बहादुर पुनद्वारा विजय यादवद्वारा लिखित प्रतिमा पुस्तकको विमोचन कार्यक्रममा अतिथिको आसनबाट निर्देशक/निर्माता एवं लेखक पण्डितद्वारा यस्तो घोषणा गरिएको थियो ।यो भन्दा पहिला निर्देशक/निर्माता/एवं लेखक सरोज कुमार पण्डितद्वारा लिखित भोजपुरी फिल्म मेन्टल आंशिक नेपालमा पुष ०१ गते अर्थात १६ डिसेम्बर र भारतमा ८ गते २३ डिसेम्बरका दिन विभिन्न सिनेमाघरमा एकै साथ प्रदर्शन भएको थियो ।
लेखक सरोज कुमार पण्डितद्धारा लिखित मेन्टल आशिंक फिल्मका अभिनेता सावन कुमारको अभिनयले दर्शकहरुको मनमुटु जित्न सफल भएका छन ।भोजपुरी फिल्मको प्रसिद्ध निर्देशक रमाकान्त प्रसादको निर्देशनमा बनेको मेन्टल आशिक फिल्मले भारत देखि नेपालका दर्शकहरुको मनमा बस्न सफल भएपछि सोहि फिल्मको अपार सफलता पछि चाडैँ तिन वटा फिल्म बन्ने निर्माता/निर्देशक एवं लेखक पण्डितले जानकारी दिनु भएका छन ।फिल्म मेन्टल आशिक अरु भोजपुरी फिल्महरु भन्दा धेरै नै फरक रहेको छ ।यस फिल्मलाई सहयोग गर्ने मिडिया पार्टनर बर्तमानकाल दैनिक पत्रिका तथा गरुडाबाट प्रशारण हुने मधेश जन अवाज एफएमलाई बिशेष धन्यबाद दिनु भएका थिए ।
त्यसतै यस फिल्ममा बिशेष सहयोग गर्ने नन्दु श्रीवास्तव,बिजय यादब निर्विज ,अनुपम कुमार ,मुना सर्राफ , र अशोक जैसवालहरुको साथ र सहयोगले सफलता हासिल गरेका छन । लेखक पण्डितले अझै सहयोग र साथको अपेक्षा राखेको बताउनु भयो ।लेखक पण्डितले यस्ता दर्जर्नौ फिल्महरु लेखिसकेका छन ।भारत जस्तै मधेशलाई सिङ्गो राष्ट्रमा चिनाउने र भोजपुरी भाषालाई पहिचान दिलाउने ईच्छा राख्नु भएका छन ।मधेशमा रहेका कलाकारहरु जुन आफ्नो प्रतिभा र कलालाई उजागर गर्न चाहने मानिसहरुलाई फिल्ममा अभिनय गर्ने अवसर पनि दिने लेखक पण्डितले बताउनु भयो ।