अख्तियरले भ्रष्टाचारीलाई संरक्षण गरेको यादवको आरोप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन १७, बुधबार (३ साल अघि)
  • ६ पटक पढिएको
अख्तियरले भ्रष्टाचारीलाई संरक्षण गरेको यादवको आरोप

कृष्ण तिवारी
रौतहट,१७ फागुन।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाका मेयर प्रत्यासी रामप्रवेश यादव ले अख्तियार नै भ्रष्टाचारीलाई संरक्षण गर्दै छ भने आरोप लगाएका छन् ।

मौलापुर नगरपालिका वड़ा नम्बर १ मर्यादपुरमा वितरण गरिएको राहत सामग्रीको सम्वन्धमा छानविन गर्न आएका अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीलाइ स्थानीयहरुले भगाएका छन ।
कोभीड़ १९ को महामारी फैलिएको बेला मधेशी महिला समाज उत्थान केन्द्रले वितरण गरेको राहत सामग्रीको भुक्तानी मौलापुर नगरपालिकाले गरेको भनी परेको उजुरिको आधारमा स्थलगत रुपमा अध्यन अनुसन्धान गर्न आएको आयोगको टोली घरमा बसेर आरोपितको पक्षमा मुचुल्का बनाउदै गरेको बखत समूहमा पुगेका गाउलेहरुले टोलीका सदस्यहरुलाई लखेटका हुन ।

मौलापुर नगरपालिकाका प्रमुख रीना साह समेतलाइ विपक्षी बनाएर दर्ता गराइएको उजुरीको बारेमा छानविन गर्न आएका आयोगको टोली सांसद प्रभु साह को निर्देशनमा पार्टी कार्यकर्त्ता संग मुचुल्का गराउँदै गर्दा गाउलेहरु लखेटेको तत्कालीन वड़ा अध्यक्ष एवं मेयर प्रत्यासी राम प्रबेश यादवले जानकारी दिएका छन ।

आयोगको टोली गर्दै गरेको मुचुल्काको फोटो समेत खिचेको भन्दै यादवले भने मैले नै निबेदन दिएको थिए ।मधेशी महिला उत्थान समाजको अध्यक्ष बबिता पांडेयले सस्थाबाट राहत वितरण गरेको भनेको र पछि नगरपालिका बाट भुक्तानी गरिएकोले उजुरी गरेको यादवले बताए ।

नगरपालिकाबाट सस्थाले बितरण गरेको राहतको रकम किन भुक्तानी भएको भन्दा मेयरले गरेको छू खोज्नु छ भनी खोज्नु केहि फरक पर्देन भनी दिएको जवावको आधारमा आयोगमा प्रमाण सहित उजुरी दिएको जनाए ।भ्रस्टाचार नियंत्रणको लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग भ्रस्टाचारीलाइ संरक्षण गर्न

लाग्दा मुलुकमा सुसाशन कायम हुन्छ भनी अपेक्षा नगरे हुन्छ प्रत्यासी यादवले टिपण्णी गरेका छन ।
थप जानकारीको लागि आयोगका टोली सदस्यको मोबाईल नम्बर ९७४६८३८४०६ मा संपर्क गर्दा फोन रिसिब नगरेकोले जानकारी लीन सकेन !

ताजा अपडेट

खोजी गर्नुहोस