बिमलेश कुमार झा
रौतहट,१७ फागुन। रौतहटको एक विद्यालयका प्रअले अनुपस्थित विद्यार्थीहरुको फर्जी हाजिरी बनाएको पाइएको छ।
रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ७ स्थित श्री आधारभुत विधालय छोटी भन्सार बंकुलका प्रअ हरेन्द्र कुश्वाहाले अनुपस्थित विद्यार्थीहरुको फर्जी हाजिरी बनाएको पाइएको छ।बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादवले बुधबार सो विद्यालयमा छड्के गर्दा प्रअको चरम लापरबाही बारे खुलासा गरेका हुन्।
मेयर यादवले विद्यालयको अनुगमन गर्ने क्रममा कक्षा ७ मा १९ जना विद्यार्थी उपस्थित रहे पनि हाजिरीमा २६ जना विद्यार्थीको फर्जी हाजिरी भएको खुलासा गरेका हुन्।विद्यालयको एउटा कक्षामा १०७ विद्यार्थी संख्या रहेपनि एक दर्जन विद्यार्थी समेत उपस्थित हुन नसक्नु विद्यालयका जिम्मेवार व्यक्तिमाथि ठूलो प्रश्न उठछ।प्रअको चरम लापरबाहीमाथि आक्रोशित हुदै मेयर यादवले प्रअ माथि कानुन अनुसार कडा कारबाही गर्ने समेत चेतावनी दिएका हुन्।
सो विद्यालयका प्रधानाध्यापक हरेन्द्र कुशवाहाले विद्यालय जस्ता संवेदनशील संस्थालाई परिवारिक पेवा ठानेको सो लापरबाहीबाट सहजै अनुमान गर्न सकिन्छ