रमेश कुमार यादब
रौतहट,१९ फागुन I रौतहट जिल्लाको गढीमाइ नगरपालिका स्थित समनपुरमा शुक्रबार देखि फागु बैरिया मेला महोत्सव सुरु भएको हो ।
अवध किशोर ठाकुरको अध्यक्षतामा आयोजना गरिएको फागु बैरिया मेला कार्यक्रमको प्रमुख अतिथि देवप्रसाद तिमल्सिना रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि डा.बंशीधर मिश्रा,गढिमाई नगरपालिकाको नगर प्रमुख श्यामप्रसाद यादब,नगर उप–प्रमुख स्मिती देवी यादब ,प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रा ,प्रहरी उपरिक्षक बिरबहादुर बुढा मगर रहनु भएको थियो ।त्यसतै कार्यक्रममा गढिमाई नगरपालिकाको वार्ड नं.१ देखि ९ सम्मको वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।हरेक वर्ष होलिको उपलक्ष्यमा लाग्दै आइरहेको मेलाको रौतहट क्षेत्र नम्बर ४ को संघीय सांसद देव प्रसाद तिमल्सिनाले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले यो मेला आजदेखि हैन करिब दुई सय बर्षदेखि नै लाग्दै आईरहेको पुर्वजहरुको भन्दै आईरहेको वहाँले बताउनु भयो ।जिल्लाको गढिमाई नगरपालिका अन्तर्गत समनपुरमा लाग्ने मेलामा एक ऐतिहासिक मेला रहेको भनि खुलेर प्रशंसा समेत गरेका थिए ।फागु बैरिया सबैजनाको साझा मेला रहेकोले यसलाई सबैजनाले सहयोग गरेर राम्रोसंग अगाडी बढाउन आग्रह समेत गरेका थिए ।सांसद तिमल्सिनाले यो फागु बैरिया मेला महोत्सवका साथै दुई सय बर्षअघिदेखि लाग्दै आईरहेको ऐतिहासिक मेलाको किताब छपाई प्रत्येक बिधालयमा बिधार्थीलाई पढन दिँदा झन हाम्रो ईतिहास सदाको लागी जिवित रहने जिकिर र आग्रह समेत गरेका थिए ।सोहि प्रशंङ्गमा सांसद तिमल्सिनाले भने आफ्नो कार्यकालमा सडक बिस्तारका लागी सन्तपुर,बिश्रामपुर देखि समनपुर सम्म रोड बन्दै आईरहेको बताउनु भयो ।
साथै यस जिल्लाबासिको स्वास्थ्यको ख्याल गर्दे साँसदको बजेटमा सुबिधा सम्पन मेडिकल कलेज चाँडै बनाउने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसतै बगंलादेशका पुर्वराजदुत डा.बंशीधर मिश्राले फागु बैरिया मेला कार्यक्रमको सम्बोधन गर्दै भने यो मेला हाम्रो जिल्लाको सानबान सबै बढाएको छ । त्यति मात्र कहाँ हो र यस मेलाले ब्यापार ,ब्यवसाय,संस्कृति संरक्षण लगायत एकता प्रेम स्नेह जोडिएको कुरा बताउनु भएको थियो ।
पुर्वराजदुत मिश्राले बिकासको कार्यमा गति लिन अति आवश्यक रहेको बताउनु भएको थियो ।सोहि कार्यक्रममा बृन्दावन नगरपालिकाको पुर्व नगर प्रमुख राम स्नेहि राय यादबले सदियौँदेखि लागदै आएको फागु बैरिया मेलाको महोत्सवको शुभकामना सहित मेला सफल होस भनि कामना समेत गर्नुभएको थियो । त्यसतै उद्घाटन समारोहमा बोल्दै गढीमाइ नगरपालिकाका मेयर श्याम प्रसाद यादवले धेरै पुरानो इतिहास बोकेको यो मेलालाई व्यबस्थित,सुरक्षित र मर्यादीत बनाउन नगरबासीसंग अनुरोध गरेका थिए ।यो मेला आजदेखि उद्धाघाटन भई २३ गतेसम्म फागु बैरिया मेला धुमधामसंग लाग्ने नगर प्रमुख यादबले बताउनु भयो ।
नगर प्रमुख यादबले नगरपालिकाको स्थापना २०७४ सालमा भएको पनि बताउनु भयो ।यस नेपालको दोस्रो ठुलो मन्दिर गढिमाई यहि नगरपालिका अन्तर्गत पर्ने र सोहि धार्मिक स्थलको नामबाट नगरपालिकाको नाम गढिमाई नगरपालिका राखिएको पनि बताउनु भएको थियो ।रौतहटकै पुरानो र नेपाल–अँग्रेज युद्ध भएको युद्धस्थल समनपुर बजार रहेको छ ।जसको ऐतिहासिक नाम लडैया समनपुर भनेर पनि चिनिने गरिन्छ । नेपाल–अग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँ भेटिने गरेकोले पनि यस नगरपालिकाको आफ्नै एतिहासिक बिशेषता झल्काईरहेको देखिन्छ ।नगर प्रमुख यादबले भने गढिमाई नगरपालिकाको आयोजनामा ब्रिटिस फौजलाई पराजित गरेको ऐतिहासिक दिनको सम्झनासहित रौतहटको गढिमाई नगरपालिकाको समनपुरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा ऐतिहासिक फागु बैरिया मेलाको आयोजना गरिदैँ आएको थियो ।
सन १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अग्रेजको फौजलाइ लखेटर सिमाना कटाएको र हतियार कब्जामा लिएको खुशीयालीमा हरेक वर्ष यहाँ मेला लाग्ने गरेको छ । मेलाले यस क्षेत्रको रौनक बढाएको छ । मेला हेर्न विदेशी पर्यटक तथा जिल्लाभरीका मानिसहरू पुग्ने गरेको र मेलाले छुट्टै महत्व बोकेको नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले बताए ।युद्धका बेला समनपुरका स्थानीयले आधुनिक हतियारसहित आएको अंग्रेजको फौजलाई धपाएको थियो । त्यस बेला अंग्रेजहरूबाट भारी परिमाणमा हतियार र तोप खोसेको थियो ।
युद्धमा खोसिएको तोप तत्कालीन नारायणि अञ्चल प्रहरी कार्यालय बिरंगजमा राखिएको छ । तोप ल्याउन पहल गरिने मेयर यादवले प्रतिबद्धता जनाए ।उक्त मेलामा मनोरञ्जनका लागी विभिन्न झाँकी तथा प्रदर्शनीहरु, विभिन्न व्यवसायिक स्टलहरु, सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु, व्यापार, व्यावसाय, स्थानीय खानाका विविध परिकारहरुको प्रदर्शनी तथा बिक्री आदि आयोजना गरिने जनाउँदै ऐतिहासिक, सांस्कृतिक र पालिक पर्यटकीय सम्भावना बोकेको मेलामा मधेश प्रदेश लगायत बिभिन्न ठाउँबाट लाखौं अवलोकनकर्ताको सहभागिता हुने अपेक्षा नगरपालिकाले गरेको नगर प्रमुख यादबले बताए ।
उद्धघाटन कार्यक्रम ग्यालेक्सी ईङ्गलिश बोडिङ्ग स्कुलका बिधार्थीहरु र सशस्त्र प्रहरी ले नेपाल भक्ति गितसंगित उद्धघाटन कार्यक्रममा कार्यक्रम सशस्त्र प्रहरी प्रमुख तथा जिल्ला राष्ट्रिय अनुन्धान प्रमुख चन्दन झा ,वाड नं.१ का वडाअध्यक्ष रामपुकार यादब,२ नंका वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायत ९ नं.सम्मका वडाअध्यक्षहरु ,प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादब ,लेखा प्रमुख कामेश्वर सहनी ,संचारकर्मि लगायत हजारौँ संख्याहरुको उपस्थिती रहेको थियो ।