रौतहट,२० फागुन। जिल्ला प्रशासन कार्यालय रौतहटले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट,स्वस्थ्य र मर्यादित तवरले मनाउन पत्र जारी गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्राले सबैलाई अनुरोध गरेको हो ।
सांस्कृतिक पर्वका रुपमा रंग,अबिरले मनाईने फागु पुर्णिमा(होली पर्व)नेपालमा मनाईने बिभिन्न चाडपर्वहरु मध्ये एक प्रमुख पर्व हो ।अधिकारी मिश्राले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
पर्व मनाउदा एक अर्काको ईच्छा बिपरित होलीको बहानाममा जवरजस्ती रंग दल्ने,हानिकारक प्रकारका रङका बस्तुहरु दल्ने ,प्लाष्टिकजन्य लोला हान्ने ,बाटोमा हिडने जो कोहि ब्यतिलाई रंग लगाउन,फोहर छयाउने तथा अनावश्यक दुःख हैरानी दिने ,बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने,मादकपदार्थ सेवन गरि सार्वजनिक शान्ति ब्यवस्थामा असर पुरयाउने जस्ता कार्य प्रचलित कानुनको विपरित भएको जानकारी गराउदै ,
कोहि कसैले कसैको ईच्छा बिपरीत एवम् स्वीकृति बेगर उल्लेखित कार्य नगर्नु/नगराउनु र बताबरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने रङका बस्तुहरु,केमिकल,प्लाष्टिक जन्य लोला आदी प्रयोग नगर्नु/ नगराउनु प्रजिअ मिश्राले अनुरोध गरेका छन ।
कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए । प्रजिअ मिश्राले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न भनेको छ ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न अनुरोध गरेको छ ।