रमेश कुमार यादब
रौतहट,२१ फाल्गुन। रौतहटको गरुडा नगरपालिकामा आयोजाना गरिएको होली मिलन कार्यक्रम सम्पन्न भएको छ।गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा आयोजना गरिएको होलि मिलन कार्यक्रम धुमधामसंग सम्पन्न भएको हो ।
गरुडा नगरपालिकाको वार्ड नं.१ देखि ९ सम्मको वडाअध्क्षहरु लगायत नगरपालिकाको सम्पुर्ण कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन भएको थियो ।नगरपालिकाको नगर प्रमुख जैसवालले हिन्दुधर्मालम्बीहरुको महान रङ्गीन पर्व होलीको उपल्क्षयमा नगर प्रमुख जैसवालले अबिर,रङ्ग र दोसाला ओढाएर सम्मान गरेका थिए ।सोहि होली मिलन कार्यक्रममा नगर प्रमुख जैसवालले भने असत्यमाथि सत्यको बिजय भएको कारणले यो पर्व मनाउन थालेका बताउनु भएको थियो ।
होली पर्व एक आपसमा भाईचराको सन्देश दिने र पछाडीको दुख सुख बिर्सेर अंगालो मार्ने पर्वको रुपमा पनि होली पर्वलाई लिने गरेको नगर प्रमुख जैसवालले बताउनु भयो ।नगर प्रमुख जैसवालले भने होली पर्वको धार्मिक र सांस्कृतिक गरी दुई पक्ष हुने गरेको बताए । उनका अनुसार, धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरुको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ ।
होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरु जस्तो ब्रत लिने, शुद्ध चोखो खानेजस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्नेजस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय पर्व बन्न पुगेको उनको भनाइ छ । होली पर्वमा वर्षभरि भेटघाट नभएकाहरु एकअर्काको घरमा भेटघाट गर्न जाने र रङ तथा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
यो पर्वले साथी भाई इष्टमित्रलाई वर्ष दिनमा एक पटक भेटघाट गर्ने अवसर पनि जुराउँछ ।आपसमा मनोमालिन्य र रिसराग भएकाहरु पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् । तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रङसँग होली खेल्न सहज महसुस गरिन्छ ।सोहि प्रशंगमा नगर प्रमुख जैसवालले यस पालिको होली पर्वमा कर्मचारीहरुले तलब खान नपाउँदा अत्यन्तै दुखि तुल्याएको बताउनु भएको थियो ।
तर होली पर्वपछि सबैजनालाई तलब खुवाउने नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भएको थियो ।होली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रममा बिभिन्न वक्ताहरु ऋाफ्नो–आफ्नो मन्तब्य राखेका थिए ।त्यसतै उपस्थित भएका सम्पुर्ण कर्मचारीले होली पर्वको शुभकामना व्यक्त गरेका थिए ।शुभकामना अदानप्रदान कार्यक्रममा रौतहट जिल्लाको कुशल सुनचाँदी ब्यापारी तथा नेकपा एमालेको मधेश प्रदेश सदस्य रामजि साह ,उधोग बाणिज्य संघका अध्यक्ष हरेन्द्र प्र.जैसवाल,चर्चित ब्यापारी सन्तोश जैसवाल ,पत्रकार,बुद्धजिवि लगायत शिर्ष नेतागणहरुको सहभागिता रहेको थियो ।