पवन कुमार उपाध्याय
रौतहट,२१ फागुन । कटहरिया नगरपालिकाले आयोजना गरिएको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन भएको छ ।
रौतहट जिल्लाको पश्चिमीभेगमा पर्ने कटहरिया नगरपालिकाको सभाहलमा आयोजना गरिएको होली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन भएको छ । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षतामा आयोजना गरिएको थियो ।
शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले रङ्गको पावन पर्व होलीको सम्पुर्णमा हार्दिक शुभकामना सहित सभ्य तथा भब्य रुपमा मनाउन आग्रह समेत गरेका थिए । सोहि प्रशंगमा नगर प्रमुख जैसवालले भने असत्यमाथि सत्यको बिजय भएको उपल्क्षयमा यो होलि पर्व मनाउदैँ आईरहेको बताउनु भायो । होलीलाई खुसी, सद्भाव तथा भाइचारा अभिवृद्धि गर्ने पर्वका रूपमा लिइन्छ ।
होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो । उनका अनुसार, धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरुको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ । होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरु जस्तो ब्रत लिने, शुद्ध चोखो खानेजस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्नेजस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय पर्व बन्न पुगेको उनको भनाइ छ ।
सोहि कार्यक्रममा कटहरिया नगरपालिकाको नगर उप–प्रमुख रिता देवी यादब लगायत ९ वटा वडाको वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।
त्यसतै शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहले भने पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षसका छोरा प्रह्लाद भगवान् विष्णुको भक्त रहेको र हिरण्यकश्यपुलाई यो कुरा मन नपरेपछि आफ्नी बहिनी होलिकामार्फत प्रह्लादलाई अग्निमा जलाएर मार्ने योजना बनाएका थिए । अग्निमा नजल्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई आफ्नै काखमा राखेर अग्निकुण्डमा बस्ने योजना बनाइन् ।
तर, अग्निकुण्डमा बस्नासाथ होलिका जलेर मरेको तर प्रह्लाद सकुशल रहेको मान्यता पनि रहेको छ । फागुन शुक्ल पूर्णिमाको रातमा राक्षसरुपी होलिका दहन भएको र सोही दिनको सम्झनास्वरुप फागुन पूर्णिमामा रङ खेलेर खुसी आदानप्रदान गर्ने परम्परा सुरु भएको प्रमुख प्रशासकिय अधिकृत साहले बताउनु भयो । सोहि शुभकामना अदानप्रदान कार्यक्रममा नगरपालिकाका कर्मचारीहरुले एक अर्कालाई रङ्ग अबिर लगाएर माया साटासाट गरेका थिए ।