रौतहटको पथरा बुधराममा छुरा प्रहारबाट एक जानाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ फागुन २५, बिहिबार (२ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको पथरा बुधराममा  छुरा प्रहारबाट एक जानाको मृत्यु

राजकुमार यादव । रौतहट । फाल्गुन २५ गते ।
रौतहटको पथरा बुधराममा मदिरा सेवन गरी सामान्य विवादको रिसमा छुरा प्रहारबाट एक जानाको मृत्यु भएको छ।

मंगलबार राती संजय महतो र नरेश महतो वीच विवाद भएको रिसमा मौलापुर नगरपालिका – ६ पथरा बुधराम बस्ने अन्दाजी ४१ वर्षिय नरेश महतो माथी ससुराली घर होली मानाउन आएका देवाही गोनाही नगरपालिका वडा ७ बस्ने २२ वार्षिय संजय महतोले बुधबार विहान नरेश महतो माथी छुरा प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

गम्भीर घाइते नरेश महतोको उपचारको लागि शान्ति सेन्ट्रल हस्पिटल मौलापुरमा ल्याए पछि उपचार सम्भव नभएकोमा थप्प उपचारका लागि विरगंजतर्फ लैजाँदै गर्दा विहिबार विहान ८:३० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरोपी संजय महतो पथरा बुधराम बस्ने साहेब महतोको जुआई रहेको खुल्लेको छ । उक्त घटनामा संलग्न रहेका संजय महतो सहित ५ जानालाई मौलापुर ईलाका प्रहरीले साहेब महतोको निजि निवासबाट पक्राउ गरेका छन् ।उक्त घटना बारे अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता उमाशंकर प्रसाद यादवले जनकारी दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस