राैतहट ३० फागुन
राैतहटकाे कटहरियामा बर्थिङ सेन्टरमा प्रयाेग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएकाे छ । राैतहटका नगर प्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रितादेवि यादवकाे विशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र कटहरियालाई बर्थिङ सेन्टरमा प्रयाेग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकोे छ ।
कटहरिया नगरपालिका भरीका महिलाहरुलाई प्रसुति गराउन सहजको लागि साे सामग्री वितरण गरेकाे नगर प्रमुख अजय प्रकाश जयसवालले बताउनु भयाे ।
साे सामग्री one Heatt WORLDWIDE को सहयोगमा मंगलबार कटहरिया प्रथमिक स्वास्थ केन्द्रका स्वास्थ्य संयाेजक संजय साहलाई हस्तान्तरण गरेकाे जनाएकाे छ। कार्यक्रममा बर्थिङ सेन्टरमा प्रयोगमा आउने वेबि वार्मर , दराज, ECG, डिलेभरी वेड, डिलेभरी गराउने समानहरु मेयर , उप मेयरले स्वास्थ्य संयोजक संजय साहलाई हस्तान्तरण गरेकाे हाे । साे हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सर्फलाल गुप्ता , स्वास्थकर्मिहरुको सहभागीता रहेको थियो ।