रमेश कुमार यादब
रौतहट ,३० फाल्गुन I रौतहट जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधराममा मंगलबार समान्य बिवाद हुँदा एक जनाको मृत्यु भएको थियो ।
स्थानिय पथराबुधरामको नरेश महतो र संजय महतो बिच बिवाद भएको थियो ।गत फाल्गुन २३ गते मंगलबारका दिन साँझ ८ः३० बजेको समयमा साहेब महतो नुनियाले आफ्नो घर दरवाजामा जोर–जोरले अश्लील गीत डिजे बाजा बजाई हो हल्ला भै रहेकोमा सो अश्लील गीत बजि रहेको थियो । बजिरहेको डिजे बाजाको नजिकमा साहेब महतोको घर परिवारका स–साना नावालक केटाहरु र नरेश महतोको १५ वर्षीय नावालक छोरा भोला महतो समेतले डान्स नाँच गान गरी रहेको थियो ।
सोहि नाँच गानको क्रममा नावालकहरुको विचमा भएको झगडामा हो–हल्ला समेत भई धरपकड लगायत सामान्य कुटाकुट भएको थियो ।उक्त समान्य बिवाद पछि गाउँलेहरु मिली झगडालाई छुट्टाईदिए पछि दुबै जना आ–आफ्नो काममा लागेको थियो ।सोहि साँझ नरेश महतोले आफ्नो घर ग्वासबाट भैंसी लिई आफ्नो घर तर्फ आई रहेको क्रममा साहेब महतोको घर दरबाजा नजिकको सडकमा नरेश महतो पुग्नासाथ मार साले नरेशवालाई कुटपिट गरी ज्यान मारी देउ जे पर्छ देखाजाला यसको नावालक केटाले झै झगडा गरेको थियो ।
साहेब महतोको आदेश पाए लगतै नरेश महतोलाई समाती भैंसीबाट खसाई दिएको र अन्य विपक्षी लक्ष्मण महतो, रामु महतोले लिई राखेको बाँसको लाठीले भाईको टाउको र शरिरको विभिन्न आंग जिउमा निर्मम तरिकाले प्रहार गरेको थियो ।त्यस्तै साहेब महतो नुनियाको परिवारहरु रामा महतो ,कृष महतो ,सुमिन्त्रा देवी ,तेतरी देवी ,कोशिला देवी ,पाना देवी , जितन महतो , बिशुनदेव महतो , रामा मुखिया , लक्ष्मण महतोले लातमुक्का र किसुनदेव महतो साथै देवाहि गोनाहि नगरपालिकाको वार्ड नं.७ बस्ने जितन महतो नुनियाको छोरा नातामा ज्वाई पर्ने संजय महतोले फलामको रडले निर्मम तरिकाले ज्यान मार्ने उदेश्यले नरेश महतोलाई कुटपिट गरी सख्त घाईते बनाईएको थियो ।
विपक्षी नुनियाहरु एकै परिवारका बाबु ,छोरा,छोरी,पत्नी ज्वाई नातामा पर्ने व्यक्तिहरु रहेको छ ।तर तिनिहरु मध्येका साहेब महतोको नातामा पर्ने ज्वाई संजय महतो नुनिया रहेका छन ।निजहरु समाजमा आतंक मचाउने अशान्ति मचाउने सधै झै–झगडा गर्ने प्रवृतिका व्यक्तिहरु हुन । मारपिट गर्दा हो–हल्ला हँुदा प्रत्यक्षदर्शीहरु दौडी गई घाईते महतोलाई विपक्षीहरुको पंजाबाट छुटकारा गराईएको थियो ।
सख्त घाईते भएको महतोलाई स्थानिय मौलापुरमा रहेको शान्ति सेन्ट्रल हस्पिटलमा उपचार गर्न लगेकोमा त्यहाँ २४ घण्टा उपचार पश्चात सम्भव नभएपछि डाक्टरले बिरगंज रिफर गरिएको थियो ।बीरगंज एम्बुलेन्समा लैजाने क्रममा बारा जिल्लाको आर्दश कोतवाल गाउपालिका अन्तर्गत पर्ने लंगडा चौक नजिक बाटोमै नरेश महतोको मृत्यु भएको मृत्कको भाई रमन महतोले दुखेसो पोखेका छन ।मृत्क महतोको नबालक चार ओटा छोरा रहेका छन ।
गरिब परिवार महतोलाई सम्पतिको नाममा खरले छाएको फुसको एउटा घर रहेको छ ।म माथि साह«ै अन्याय अत्याचार भएको मृत्कको पत्नी गायत्री देवीले दुखेसो पोखिन् ।बिना कारण मेरो पतिलाई निर्मम तरिकाले मारपिट गरि घाईते बनाई र सोहि मारपिटले मेरो पतिको मृत्यु हुन गएकोले दोषिहरु अबिलम्ब कार्वाहि गरि न्यान दिन प्रशासन प्रहरीसंग बिनम्र अनुरोध समेत गरेका छिन् ।
विपक्षी अन्यायीहरुलाई मुलुकी अपराध संहिता, २०७४मा व्यवस्थीत ज्यान सम्बन्धीको कसुरमा हदै सम्म सजाय हुने गरी कार्यवाही गरी पाउँ भनि मृतकको भाई रमन महतोले माग समेत गर्नुको साथ साथै यसमा राजनेतिक नगरि न्याय दिन बिनम्र अनुरोध गरेका छन ।