रौतहट,३० फागुन I रौतहटको चन्द्रपुर नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम आज हिमालयन होटेल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।
माण्डवी सँस्थाको आयोजानामा तथा IFES को प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको ४ दिने प्रशिक्षण तालिम कार्यक्रम आज सम्पन्न भएको हो ।
माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ ।चौथो मोडयूलको प्रशिक्षण कार्यक्रम चन्द्रपुरका १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले सहभागिता जनाएको थियो ।
सो प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थनशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो । सो प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडा वस्तिको विकास गर्ने सहभागिहरुले जानकारी गराए ।
प्रशिक्षण कार्यक्रम फाल्गुन २७ गते देखि ३० गते सम्म चलेको थियो । सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुको उत्साह जनक उपस्थिती रहेको प्रशीक्षणद्धय पुनम ठाकुर तथा सँजय कुमार यादवले जानकारी गराए ।
सो प्रशिक्षण कार्यक्रममा माणंडवीका सुरेन्द्र राय यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।