रौतहट,०१ चैत्र। सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ।
बुधबार र मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरू र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताइन्।
उनले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन्।
उनले मन्त्रिपरिद्का बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय पनि गरेको जानकारी दिइन्।
उनले सरकारले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको पनि बताइन्। मन्त्री शर्माले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको बताइन्।
त्यस्तै, सरकारले कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ। मन्त्री शर्माका अनुसार अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिएको छ।
मन्त्री शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने भएको बताइन्।
उनले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको बताइन्। उनले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिएको बताइन्।
त्यस्तै, सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैय्याको आधारभुत अस्पतालमा स्तरोन्नती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिएको छ । यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ। त्यस्तै,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरू एंव अतिरिक्त स्वास्थ्य सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत दिने निर्णय गरेको मन्त्री शर्माले बताइन्।
मन्त्री शर्माले सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको बताइन्।
उनले २०७९ चैत ८ देखि १० गतेसम्म न्युयोर्कमा आयोजना हुने उच्च स्तरीय विश्व पानी सम्मेलन,२०२३को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति गर्ने निर्णय गरको बताइन्।
उनले सरकारले कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट ७.१५ प्रति युनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्यूनतम खरिद मूल्य ६५ रूपैयाँ निर्धारण गरेको बताइन्।
यस्तै, सरकारले नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक बिस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरू भोगचलन गर्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिई घरटहराहरू हटाउन स्वीकृत दिएको छ। नारायघाट–मेग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरूलाई क्षेतिपूर्ति दिई संरचना हटाउन स्वीकृति दिएको छ।