यूएईलाई प्राजित गर्दै नेपाल विश्वकप छनौटमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
यूएईलाई प्राजित गर्दै नेपाल विश्वकप छनौटमा

रौतहट,०२ चैत्र। विश्व क्रिकेट लिग टू क्रिकेटको अन्तिम खेलमा यूएईविरुद्ध जित निकाल्दै नेपाल सोझै एक दिवसीय विश्वकप छनोटमा प्रवेश गरेको छ। 

लिग टू को शीर्ष ३ मा स्थान बनाउँदै नेपालले ग्लोबल छनोटका लागि जिम्बावेको टिकट पक्का गरेको हो। ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकियो। त्यसपछि नेपाल डिएल मेथडका आधारमा ९ रनले विजयी भएको हो।

नेपालका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे। भीम सार्कीले सर्वाधिक ६७, आरिफ शेखले ५२ र कुशल भूर्तेलले ५० रन बनाउँदा गुल्सन झा ५० रनमा अविजित रहे। 

कप्तान रोहित पौडेल १६, कुशल मल्ल ५ रन बनाएर आउट हुँदा आसिफ शेख शून्य रनमा पेभिलियन फर्किए। दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे। यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो।

युएईका लागि आसिफ खानले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा नटआउट १ सय १ रनको महत्वपूर्ण पारी खेले। भ्रित्या अरविन्दले ९४, कप्तान मोहम्मद वासिमले ६३ रनको योगदान गरेका थिए। 

ताजा अपडेट

खोजी गर्नुहोस