सर्लाहीमा २६० केजी भन्सार छलीको सुर्ति बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ७, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
सर्लाहीमा २६० केजी भन्सार छलीको सुर्ति बरामद

रौतहट,०७ चैत्र। सर्लाहीको हरिवन नगरपालिका–११ बाट सशस्त्र प्रहरीले भन्सार छलीको सुुर्ति बरामद गरेको छ । गण नम्बर–१० सर्लाहीबाट खटिएको टोलीले भन्सार छलेको सुर्ती बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) पुरुषोत्तम थापाले बताएका छन ।

हरिवन नगरपालिका–११ मा रहेको राजेश जनरल स्टोरका सञ्चालक तेज नारायण शाहको घरमा लुकाएर राखेको अवस्थामा सशस्त्रले २६० केजी खुल्ला सुर्ती बरामद गरेको छ । लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र  प्रहरी र  राजस्व करदाता सेवा कार्यालय लालबन्दीको टोलीले छापा मार्दा १० बोरा खुला सुर्ती, प्याकेट सुर्ती ७ सय प्याकेट र रजनीगन्धा १० प्याकेट भेटिएको छ ।

सो सामान कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ । बरामद सामानको मूल्य १ लाख ६७ हजार कायम गरिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस