अफगानिस्तानमा शक्तिशाली भूकम्प,भारत र पाकिस्तानमा पनि महसुस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ८, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
अफगानिस्तानमा शक्तिशाली भूकम्प,भारत र पाकिस्तानमा पनि महसुस

रौतहट,०८ चैत्र। अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ ।

भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ ।

प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस