जनकपुरमा ५० हजार नगद सहित वडा अध्यक्ष र सचिव पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ चैत्र ९, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
जनकपुरमा ५० हजार नगद सहित वडा अध्यक्ष र सचिव पक्राउ

रौतहट,०९ चैत्र।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ११ का अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई बुधवार राति नियन्त्रणमा लिएको छ ।

वडा अध्यक्ष चौधरी र रायलाई जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ६ रामजानकी विवाहमण्डपको पश्चिम तर्फ रहेको रोहन होटेलको केबिन नम्बर ४ बाट नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले होटेलमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।अख्तियारले सेवाग्राहीलाई दिएको ५० हजार रुपैयाको क्रमसंख्या समेत मिलेको वडा नम्बर ६ की वडा सदस्य मञ्जु अग्रवालको रोहवरमा पुष्टि गरिएको छ । पक्राउ परेका वडा अध्यक्ष चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

प्रहरी स्रोतका अनुसार जग्गाको विषयमा वडा अध्यक्ष र सचिवले सेवाग्राहीसित रकम मागेको उजुरीको आधारमा रंगेहात पक्राउ गरिएको हो । तर वडा अध्यक्ष चौधरी र सचिव रायले दिएको वयानमा आफूहरु खाजा खान केबिनमा बसेको बेला अज्ञात व्यक्तिले टेबुलमा रकम फालेर गएको उल्लेख गरेका छन् । रकम फाल्ने व्यक्तिसित चिनजान समेत नरहेको र फाल्दा अनुहार समेत नदेखेको चौधरी र रायले जनाएका छन् । तर अनुसन्धान अधिकारीहरुले योजना मिलाउन ५० हजार माग गरिएको र सो रकम केबिनमा बसेर लिएको प्रमाणित भइसकेको दाबी गरेका छन् । अनुसन्धानको आवश्यक प्रक्रिया पूरा गरी चौधरी र रायलाई अख्तियारको टोलीले सँगै लगेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस