रौतहट,०९ चैत्र। रौतहटको देवाही गोनाही नगरपालिकाको एक वडामा नला सरसफार्ई कार्य शुरु भएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत नगरपालिकाको वडा नं–९ धरहरीमा वडा अध्यक्ष बिर बहादुर साहले गाउँमा दुर्गन्धीत बनेको नलालाई सरसफाई गराउन सक्रिय भएका छन । वडा अध्यक्ष साहले बिकाश निर्माणको कार्यलाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको भन्दै ज्यालादारीमा कमदारलाई खटाएर नला सरसफाई गराई रहेका छन ।
धरहरीको बेलावटो देखि शुरु गरिएको सरसफाई करिब एक दर्जन कमदार परिचालन गरिएको वडा अध्यक्ष साहले बताए । प्रत्येक घरबाट निसकेको फोहर पानीले कुरुप बनेको नाला सरसफाई भए पछि स्थानियहरु खुशी भएको छन। वडा अध्यक्षमा बिर बहादुर साह निर्वाचित भए देखि गाउँमा बिकाश निर्माणका कार्यहरु गति लिन थालेको स्थानिहरु बताउन्छ ।
बिगतका जनप्रतिनिधीहरुले गर्न नसेका काम बिर बहादुर साहले गर्न थाले पछि गाउँको मुहार नै फेरीन थालेको छ । यसभन्दा पहिला पनि साहले थुपै बिकाश निर्माणका कार्यहरु गरेरे जनता माझ लोकप्रिय भईसकेका छन । वडा अध्यक्ष बिर बहादुर साहले गाउँका सबै जातजातीको धर्म कर्म र सुख दुःखमा सहयोग गर्दै आएको स्थानियहरु बताउनछ ।