सागर संगम ठाकुर
रौतहट,०९ चैत्र। धरहरीमा अधुरो सडक काले पत्रेको माग गर्दै स्थानियहरुले सडक जाम गरेको छ ।
जिल्लाको जयनगर देखि बिरगंज जाने मुख्य सडकको धरहरी स्थित वडा कार्यलय अगाडीको बाटो कालो पत्रे नगरेको भन्दै त्याहाका स्थानिय युवाहरुले बाटो जाम गरेर सडक अवरुद्ध गरेका थिए । देवाही गोनाही नगरपालिकाको वडा नं–९ वडा कार्यलय नजिकै सडक कालो पत्रे नहुदा बाटो धुलो नै धुलोमा परिण्त भए पछि सो बाटो भएर आवतजावत गर्ने पैदल यात्रीलाई समस्या हुन थाले पछि धरहरी युवा टिमका सदस्यहरुले विहिबार बाटो छेकेर अवरुद्ध गरेका थिए ।
जयनगर देखि मौलापुर हुदै बिरगंज जाने मुख्यबाटो पश्चिममा धरहरीको जय किसान बहुप्राबिधिक शिक्षालय देखि बिरगंज सम्म र पुर्वमा श्री जय किसान माध्यमिक बिधालयको अगाडी देखि जयनगर सम्मको बाटो कालो पत्रे भईसकेको र थोरै ठाउँमा ठेकेदार कम्पनीले कालो पत्रे नगरे पछि सो ठाउँमा धुलो नै धुलो उडन थाले पछि त्यसबाट पिडित स्थानियहरुले बाटो बन्द गरी कालो पत्रे गर्न सम्बन्धीत निककाय संग माग गरेका छन ।
स्थानिय ब्यपारी धर्मेन्द्र ठाकुरको नेतृत्वमा धरहरी युवा टिमका सदस्य बिजुली साह, दिलीप साह, रामजन्म साह, उपेन्द्र साह, सन्तोष साह, लगाएतका युवाहरुले बाटो बन्द गरेका थिए । बाटो बन्द भएपछि सो रुटभएर आवतजावत गर्नै गाडीहरुको लामो लागे पछि ईलाका प्रहरी कार्यलय देवाही गोनाहीबाट खटिएका प्रहरी निरिक्षक गोबिन्द साह नेतृत्वको टोलीले स्थानिय संग छलफल भएको थियो ।
छलफलमा प्रहरीले यस बिषयमा संम्बन्धी निकायलाई अवगत गराउने सहमती भए पछि बाटो खुलाईएको ईलाका प्रहरी कार्यलय देवाही गोनाहीले जनाएको छ ।