रौतहट । चैत्र १० गते ।
कटहरिया नगरपालिका वार्ड नम्बर ५ मा संचालित रहेको श्री जनता मा.वि.कटहरिया रौतहटमा मधेस प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय जनकपुरधाम धनुषाले शुक्रबार कक्षा ९ मा अध्यनरत सम्पूर्ण बिद्यार्थीहरुलाइ गणितीय सिप उजागर गर्ने उदेश्यले १/१ थान ब्याग र जुमेट्री बक्स बितरण गरेकोछ। सो कार्यक्रममा कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल र उप मेयर रीता देवी यादव,वार्ड न. ५ का वडा अध्यक्ष सरफ लाल गुप्ता, शिक्षा संयोजक अनिल कुमार निधी,सह संयोजक सुरेन्द्र ठाकुर,बिधालयमा कार्यरत शिक्षक शिक्षिका लगाएत विद्यालय कर्मचारीहरुको उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।
जुमेट्री बक्स र ब्याग पाएर कटहरियाकाे बिद्यार्थीहरु हर्षित भएका थिए भन्ने हाल मधेश सरकारले कक्षा ९ का छात्र र छात्रा दुवैका लागि भन्दै एउटा ब्याग र गणित विषयमा काम लाग्ने एक औजार बक्स बितरण गरेको छ ।
चैत ८ गते सम्म आईएमईएसमा दर्ता भएका मधेशका कुल ८६ हजार ५ सय २३ विद्यार्थीलाई मधेश सरकारले यो सामान वितरण गरिरहेको छ ।