रौतहट । चैत्र १० गते ।
प्रहरीले जिल्लामा अवैध रुपमा संचालित ७ वटा घरेलु मदिरा भट्टीसहित कच्चा पदार्थ नष्ट गरेको छ ।
अपराधिक गतिविधि न्यूनिकरण, घरेलु हिंसा, बालबालिकाविरुद्द हुने अपराध रोकथाम, सवारी दुर्घटना लगायतका घटनाहरू न्यूनिकरण गर्ने अभियान अन्तर्गत शुक्रबारका दिन मदिरा भट्टीसहित कच्चा पदार्थ नष्ट गरिएको हो ।
ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया र ससस्त्र प्रहरी जंगलसहिया प्रहरी चौकी हरिनगर रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको दक्षिणीर उत्तरीभेगअवस्थित गुजरा नगरपालिका वडा नं ३ सिम्री स्थित विभिन्न घरमा संचालनमा रहेको ७ ओटा भट्टीहरुका साथै घरेलु मदिरा बनाउन प्रयोग गरिने ६० लिटर कच्चा पदार्थ १८० लीटर वडा सदस्य बुद्धिजीवीको रोहबरमा नष्ट गरिएको । जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ।
यस्तै, प्रहरीले रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन,१८ ओटा भाँडाकुडा लिई थप अनुसन्धान अगाडी बढाइएको जानकारी दिँदै र आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरिक्षक अरविन्द कुमार साहले जनाएको छ ।